१२ बैशाख २०८१, बुधबार
2024-04-24

आजको वैदिक ज्योतिष शास्त्र,पञ्चाङ्ग र राशिफल :- बि.स.२०७९ पुष १२ गते मंगलबार

Aarya News Desk

देवानगञ्ज । वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ । हरेक राशिको स्वामी ग्रह हुन्छ । ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ । पौष १२ गते मंगलबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ । मंगलबार पवन पुत्र हनुमानको नाममा समर्पित हुने गर्दछ मंगलबार भगवान हनुमानको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ । मंगलबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

दिन :- मंगलबार ।। नक्षत्र धनिष्ठा, २०:२६ बजे उप्रान्त शतभिषा ।। तिथि : चतुर्थी ७:०५ बजेदेखि पञ्चमी, २८:५४ बजे – उप्रान्त सप्तमी । करण भद्रा ७:०५ बजेदेखि वव, १७:५८ बजे उप्रान्त गर । योग वज्र २३:३६ बजे उप्रान्त सिद्धि ।। – – , २७ डिसेम्बर, २०२२ ।। चतुर्थी, पौष शुक्लपक्ष । पौष १२ गते मंगलबार ।। पोहेलाथ्व, ११४३ ने.सं. ।। सूर्योदय (sunrise) :- ६:५४ ।। सूर्यास्त (sunset) :- १७:१५ ।। होम गर्ने साइत –

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ :-
सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो :-
यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह:-
मनोरञ्जन पूर्ण समय रहेको छ . कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। केही चुनौती पनि सामना गर्नुपर्ला । व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो:-
नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यर्थको खर्चले मन पिरोल्ला ।

सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे:-
पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो:
चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते:-
सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ। रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ ।

वृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु:-
सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनु हुनेछ ।बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । पठनपाठनमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। वादविवादको सामना गर्नु पर्नेछ ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे :-
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ ।

मकर राशि- भो, ज, जि, खि, खु, खे, खो, गा, गि:-
बन्दव्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ।कामबाट सजिलै फुर्सद पाइनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द:-
चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। पुरानो गतिले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ ।

मीन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि :-
परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ ।समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। स्वास्थ्यको विशेष ख्याल गर्नु होला ।

प्रकाशित मिति: २०२२-१२-२६ , समय : १९:५७:२१ , १ वर्ष अगाडि

error: Content is protected !!