२६ बैशाख २०८१, बुधबार
2024-05-08

आजको वैदिक ज्योतिष शास्त्र,पञ्चाङ्ग र राशिफल :- बि.स.२०७९ पौष १३ गते बुधबार

Aarya News Desk

देवानगञ्ज । वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ । हरेक राशिको स्वामी ग्रह हुन्छ । ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ । पौष १३ गते बुधबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ । बुधबार दिन भगवान गणेश नाममा समर्पित हुने गर्दछ । बुधबार भगवान गणेशको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। बुधबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

पौष १३ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन- बुधबार ।।। नक्षत्र शतभिषा, १९:०२ बजे उप्रान्त पूर्वभाद्रपदा ।। तिथि षष्ठी – , २६:५५ बजे उप्रान्त सप्तमी ।। करण कौलव १५:५३ बजेदेखि तैतिल, २६:५५ बजे उप्रान्त भद्रा ।।। योग सिद्धि, २०:४३ – – बजे उप्रान्त व्यतीपात ।।। पौष १३, २०७१, बुधबार ।।। २८ डिसेम्बर, सन् २०२२ ।।। षष्ठी, पौष शुक्लपक्ष ।।। पोहेलाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय- ०६:५५ ।।। सूर्यास्त ०५:२५ ।।। शुभ साइत : रुद्री गर्ने साइत, होम गर्ने साइत :-

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ :-
समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । धन आर्जनमा राम्रो दिन छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो :-
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । राम्रो कमाइका कारण सुख मिल्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह:-
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरण हुन सक्छ । लामो यात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । अचानक कमाइ हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो:-
नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ। आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नुनै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । नसोचेको ठाउमा खर्च हुन सक्छ ।

सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे:-
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । आफन्त मिलनले सुख दिनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो:-
कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । पैसो कमाउने योग छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते:-
खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ । आटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना पनि रहेको छ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला ।

वृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु:-
स्वादिष्ट भोजनमा मन रमाउनेछ। अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । वादविवादको सामना गर्नु पर्ला ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे :-

भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । जागिरको काममा डर हुनेछ ।

मकर राशि- भो, ज, जि, खि, खु, खे, खो, गा, गि:-
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । पेटमा गडबड भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ । रमाइलो दिन छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द:-
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । अप्रत्याशित लाभ हुनेछ । केही हानि हुन सक्छ सावधान रहनु होला ।

मीन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि :-
बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ ।पारिवारिक जमघटमा मन रमाउनेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् । अनावस्यक झमेलामा परिएला।

प्रकाशित मिति: २०२२-१२-२७ , समय : १९:१७:३४ , १ वर्ष अगाडि

error: Content is protected !!