१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

धनुषामा भतिजा आफ्नै काकीको हत्या गरे

Aarya News Desk

जनकपुरधाम। धनुषाको विदेह नगरपालिका-७ बेलापट्टीमा भतिजा आफ्नै काकीको हत्या गरेको छ।

घटना सोमबार साँझ ५ बजेको हो जिल्ला प्रहरी कार्यालय धनुषामा पहिलो ग्यास सिलिण्डर पड्किएर एक जनाको मृत्यु भएको खबर आयो।

त्यसको केही छिनमै करेन्ट लागेको एक जनाको घटना स्थलमा मृत्यु भएको भन्ने खबर आयो। साथै घटनामा एक डेढ वर्षीय बालक गम्भीर घाइते भएको खबर जिल्ला प्रहरीको मोबाइल सेटमा जानकारी प्राप्त भयो।

घटनाको जानकारी पछि घाइते बालकलाई उपचाररत जनकपुरका एक हस्पिटलमा प्रहरीको टोली सत्यतथ्य बुझ्न लागे। तर प्रहरीको टोलीले करेन्ट लागेका घटना भएको कुनै तथ्य फेला पार्न सकेन्। बरु कसैले चिर्पट जस्तो भारी सामानले हान्दा बच्चाको गाला, मुख तथा टाउकोमा गम्भीर क्षति पुगेको भेटियो।

प्रहरीको टोली वास्तविक बुझ्न घटना स्थल धनुषाको विदेह नगरपालिका-७ बेलापट्टी श्रीराम साहको घर पुग्यो। घटनाको प्रकृति हेर्दा भनिएको भन्दा वास्तविकता फरक थियो।

अनुसन्धानमा संलग्न अनुसन्धान अधिकृतले भने, ‘घटना स्थलमा मृतक कविता देवी साहको अनुहारको भागमा गम्भीर चोट लागेको र अर्धनग्न अवस्थामा रक्ताम्य भेटिएपछि प्रहरीको शंका यर्थाथमा परिणत भयो।’

कुकुर सहितको अनुसन्धान टोलीले मृतकका भतिजा दिलिप साहलाई शंकास्पद अवस्थामा फेला पक्राउ गरी सोधपुछ सुरु गर्‍यो। पक्राउ पछि प्रहरीको अनुसन्धानमा दिलिपको बुढीऔला तथा घाँटीमा चिथोरिएको भेटियो।

प्रहरी अधिकृतले भने, ‘दिलिपको शरीरको खानतलासी गर्दा निजको अन्डरवेयरमा लुकाएर राखेको मृतक कविता देवी साहको मोबाइल भेटियो। साथै अण्डरवेयरमा रगत लागेको धब्बा भेटियो। थप खोज्दै जादा भेष्ट र पाइन्ट समेत रगत लागेको अवस्थामा ब्यागमा लुकाएर राखेको भेटयो।’

बयानमा दिलिपले घरमा कोही नभएको मौका छोपेर घरमा गएको र अनावश्यक विषयमा विवाद भएपछि र ढोकमा लाउने विलैया (चिर्पट)ले हानेको स्विकार गरिसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

दिलिपले नातामा आफ्नै काकी पर्ने ३० वर्षीय कविता साहलाई मारेको र १४ महिने बच्चालाई चिपर्टले हानेर गम्भीर घाइते बनाए स्वीकार गरेर बयान दिएको प्रहरी श्रोतको भनाइ छ।

प्रहरीले अनुसन्धान पश्चात मंगलवार धनुषा जिल्ला अदालतवाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान अगाडि बढाएको जनाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

प्रकाशित मिति: २०२२-१२-२७ , समय : २१:१३:४२ , १ वर्ष अगाडि

error: Content is protected !!