१३ बैशाख २०८१, बिहिबार
2024-04-25

चितुवाको आक्रमण वनका ३ कर्मचारी सहित १३ जना घाइते

Aarya News Desk

नयाँ दिल्ली। भारतमा आसामको जोरहाटमा चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा ३ वनकर्मी पनि छन्।

जोरहाटका एसपी मोहनलाल मीनाका अनुसार चितुवाको आक्रमणमा घाइते भएका सबै खतरामुक्त छन्। उनले भने, ‘चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा तीनजना वनकर्मी रहेका छन् ।’

घाइते सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको एसपी मीनाले बताए । चिकित्सकका अनुसार घाइते सबै खतरामुक्त छन् । बीबीसी

प्रकाशित मिति: २०२२-१२-२८ , समय : ०९:१४:१३ , १ वर्ष अगाडि

error: Content is protected !!