१३ बैशाख २०८१, बिहिबार
2024-04-25

मेवाको पात देखि बिउसम्म विभिन्न रोगहरुको रामबाण औषधि ! यस्तो छ प्रयोग गर्ने तरिका

Aarya News Desk

देवानगञ्ज । मेवाको पात देखि बिउ सम्म मानव शरीरको विभिन्न रोगहरुको ओषधि हो। यसले विभिन्न रोग संग लड्ने क्षमाता प्रधान गर्छ । इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ। खतरनाक रोगहरुबाट छुटकारा पाउनमा मदत पुर्याउछ।

मेवाको पात सेवन गर्नाले हुने फाइदाहरु:
१. शरीरको इम्यूनिटीलाई बढाउनुका साथै मेवाको पातको जूसले शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्नमा पनि मद्दत गर्छ । यसले रगतमा सेतो रक्त कोषिका (व्हाईट व्लड सेल्स) र प्लेटलेट्सलाई पनि बढाउनमा मद्दत गर्छ । २. मेवाको पातमा क्यान्सर सँग लड्ने गुण हुन्छ । जसले इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ र सर्भाइकल क्यान्सर, स्तन क्यान्सर जस्ता क्यान्सरका कोषहरुलाई उत्पन्न हुनबाट जोगाउँछ ।

३. डेंगूको लागि रामबाण औषधि डेंगू र मलेरियासँग लड्नमा मेवाको पातको जूस धेरै नै लाभकारी हुन्छ । यसले ज्वरोको कारण कम हुँदै गएको प्लेटलेट्सलाई बढाउनुका साथै शरीरमा कमजोरी हुन दिदैँन । ४. महिनावारीको समय हुने दुखाई धेरै नै खतरनाक हुन्छ । यस अवस्थामा हुने दुखाईमा मेवाको पातको जूसमा इमली, नून र २ गिलास पानी मिसाएर काढ़ा बनाउने । त्यसपछि त्यो काढालाई सेलाएर पिउनाले दुखाईमा राहत प्राप्त हुन्छ ।

५. रगतको कमीमा लाभदायक मेवाको पातको जूस औषधि भन्दा कम हुँदैन । यदी तपाईको रगतमा प्लेटलेट्स कम हुँदैछ भने मेवाको पातको जूस पिउन सक्नुहुन्छ । मेवाको पातको जूस दैनिक दुई चम्चा तिन महिनासम्म पिउनाले रगतमा प्लेटलेट्सको मात्रा चाँडै नै बढेर जान्छ ।
मेवाको बिउ सेवन गर्नुहोस्, यी खतरनाक रोगहरुबाट छुटकारा पाउनुहाेस् ! मेवा एक स्वादिष्ट तथा पोषणले भरिपूर्ण फल हो भन्ने कुरामा कसैको पनि दुई मत हुनसक्तैन । तर मेवा भित्र हुने यसका बिउहरु अझै लाभदायक तथा स्वास्थ्यबद्र्धक हुन्छ भन्ने कुराको जानकारी हामीहरुमध्ये थोरैलाई मात्र हुनसक्छ । आज डिसीनेपाल तपाईंहरुलाई मेवाको बिउ सेवन गर्नाले हुनसक्ने फाईदाहरुका बारेमा जानकारी गराउँदै छ ।

मेवाको बिउ सेवन गर्नाले हुने फाइदाहरु:
१. कलेजो सम्बन्धी रोगमा: मेवाको बिउमा उपलब्ध पोषण तत्वले कलेजोमा लागेको सिरोसिस भन्ने रोगबाट सहजै छुटकारा दिलाउँछ । सिरोसिस भन्ने रोग अत्यधिक रक्सि सेवन बाट हुन्छ । मेवाको ५-६ वटा सुकेको बिउ लिनुहोस् र यसलाई सिलौटोमा पिन्नुहोस् । अव यो धुलोलाई कागतीको रस सहितको एक ग्लास पानी वा जुसमा मिसाएर दैनिक एक महिना सम्म सेवन गर्नुहोस् । सिरोसिस रोग आपसेआप निको भएर जान्छ । मेवाको बिउ सेवन गर्नाले कलेजो बलियो हुनुका साथै कलेजोमा कुनै पनि प्रकारको संक्रमण हुनपाउँदैन ।
२. किटाणु नासक: मेवाको बिउ सेवन गर्नाले शरीरमा संक्रमण हुन पाउँदैन र यसले फुड प्वाइजनिङ जस्तो समस्यालाई सहजै नाकाम बनाउँछ । यसको सेवन गर्नाले ज्वरो समेत लाग्न पाउँदैन । ३. क्यान्सर: मेवाको बिउ सेवन गर्नाले शरीरमा कयान्सरको कोशिका र ट्यूमर बिकसित हुनपाउँदैन । मेवाको बिउमा प्राप्त गुणले कोलन, स्तन, फोक्सो, ल्युकेमिया र प्रोस्टेट क्यान्सर रोगहरुको बिरुद्धमा काम गर्छ ।

४. फर्टिलिटी (प्रजनन): अनुसन्धानले के देखाएको छ भने मेवाको बिउ सेवन गर्नाले शरीरमा कुनै पनि असर नपुर्याई सुक्रकिट उत्पादन नियमित हुन्छ । आयुर्वेद तथा घरेलु उपचार सम्बन्धी जनकारी भएका महिलाहरु प्रिगनेन्सी रक्षाका लागि मेवाको बिउ सेवन गर्छन् । अनुसन्धानले समेत देखाई सकेको छ मेवाको बिउ सेवन गर्नाले पुरुषको सुक्रकिट उत्पादन क्षमता नियमित हुने र महिलाको प्रिगनेन्सी रक्षामा लाभदायक हुने तथ्य ।

५. शरीर सुनिएको निको हुन्छ: आर्थराइटीस, जोर्नी सम्बन्धी रोगहरु, शरीर सुनिएको, शरीर दर्द तथा छालामा हुने रातोपना जस्ता समस्याहरु मेवाको बिउ सेवन गर्नाले सञ्चो हुन्छ । ६. किड्नी सम्बन्धी समस्याहरु: पाकिस्तानको कराँची विश्वविध्यालमा गरिएको एक अनुसन्धान अनुसार मेवाको बिउ प्रयोग गर्नाले किड्नी जन्य रोगहरु सहजै निको भएको देखियो । पाकिस्तान लगायतका एसियाका कतिपय ठाउँमा पाकेको मेवालाई उत्तम फलको रुपमा प्रयोग गरिन्छ । अनि मेवाको बिउलाई पनि उत्तिकै पौष्टिक आहारको रुपमा प्रयोग गरिन्छ । तपाईं पनि मेवा तथा मेवाको बिउ प्रयोग गरेर स्वस्थ जीवन व्यतित गर्नुहोस् भन्ने हाम्रो कामना ।

मेवा सेवनबाट हुने फाईदाहरु:
मेवामा भिटमनि ए पाइन्छ । गर्मी मौसममा मेवाको सेवन अमृत समान हुन्छ । यसले विभिन्न रोग संग लड्ने क्षमाता प्रधान गर्छ ।
१. मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।

२. मेवाको बियाँमा जिवाणु प्रतिरोधी गुण हुन्छ । मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिदैन र घाउ छिटै निको हुन्छ । ३. मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकोले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ । साथै यसले रगतलाई सफा पनि बनाउँछ ।

४. जन्डिसका बिरामीले मेवाको नियमित सेवन गर्नाले फाइदाजनक हुका साथै यसले कलेजोलाई क्रियाशील बनाउन मद्दत पनि गर्छ । ५. मेवा बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि हो । मेवामा भिटामिन बी पनि पर्याप्त पाइन्छ । ६. यसले शरीरमा फोलिक एसिड, तथा भिटामिन बी का विभिन्न रुपहरुको सरीरमा कमी हुन दिँदैन । ७. यसमा पर्याप्त फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धि समस्या समाधान गर्न मद्दत गर्छ । ८. मेवाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

औषधोपचार:

औषधिय गुडयुक्त्त मेवाले के के रोग निको पर्छा ? मेवा क्यारिकेसी परिवारमा पर्ने एक प्रकारको फल हो । अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ । यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। यो बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ।

१. दाद आएमा: काँचो मेवाको टुक्रा काटेर दादमा नियमित लगाउने गरे दाद आएको ठिक हुन्छ । तर बासी मेवा भने प्रयोग गर्नु हुँदैन । २. जिब्रो फुटेमा: काँचो मेवाको दूधमा गिलसिरिन मिसाएर जिब्रोमा विहान/वेलुका दल्ने गरे केही दिनमा ठिक हुन्छ । ३. अल्काई भएमा: काँचो मेवा ताछेर नियमित दिनमा ४/५ टुक्रा सेवन गर्ने गरेमा अल्काई बढ्न पाउँदैन र निको हुँदै जान्छ ।४. डंडीफोर र चाँया भएमा: काँचो मेवाको टुक्रा नियमित बेलुका अनुहारमा केही समय दलेर मुख धुने गरेमा डंडीफोर र चाँया निको हुँदै जान्छ ।

५. घाँटीभित्रबाट सुनिएमा: काँचो मेवाको टुक्रा पकाएर पानीले गारगल गरेमा २/३ दिनमा ठिक हुन्छ । ६. कोलस्टेरोलमा: अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।

७. चाउरीमा: मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ। यसले मानिसलाई युवा बनाइराख्छ । ८. पेटको समस्यामा: मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ ।

९. कन्स्टिपेसनमा: मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ । १०. मलद्वारसंबन्धी समस्यामा: मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ ।

११. तौल घटाउन: उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी मानिन्छ । १२. बिहानीको वाकवाकीमा: खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ। बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ।

१३. हाडजोर्नी: जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पुर्याउछ, खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायीमानिन्छ । यसमा क्यान्सरसंग लड्ने क्षमता पनि हुन्छ । १४. प्रतिरोधी क्षमतावृद्धिमा: यो भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ ।

१५. स्याम्पुको रुपमा: मेवाका तत्व मिसाइएको स्याम्पु चाया हटाउन निकै लाभकारी हुन्छ । १६. रजस्वला अनियमित भएकोमा: मेवाको नियमित सेवनले महिलाको मासिक धर्मलाई पनि नियमित बनाउछ। १७. कलेजोको क्यान्सरमा: यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउछ।

१८. गर्भनिरोधक: भाले लंगुरमा गरिएको एक अध्ययनले मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ। त्यसैले पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ। १९. मिर्गौलाको समस्यामा: विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउछ । २०. डेंगु: मेवाको पातको जुसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्ने छ । मेवाको पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

प्रकाशित मिति: २०२२-१२-२८ , समय : १३:१५:२० , १ वर्ष अगाडि

error: Content is protected !!