१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

आगोले पोल्यो ? तुरुन्तै घरेलु तरिका औषधी आपनाउँनु

Aarya News Desk

देवानगञ्ज । प्राय जसो केटि मान्छेलाई आगोले पोलिरहेको हुन्छ । भान्छामा धेरै समय बिताउनेहरुलाई पोलिरहेकै हुन्छ ।

कहिले तातो भाँडामा हात पर्छ भने कहिले खाना चलाउँदा बाफले त कहिले तेलको छिट्टा पर्ने गर्छ । पोल्दा छालामा के लगाउने जसका कारण पोल्न पनि कम होस् र दाग पनि हटोस् भन्ने जानकारी धेरैलाई हुँदैन । जबकी साधारण पोलेको घाउको उपचार गर्न भान्छामा भएका सामग्री नै काफी हुन्छन् । घरेलु तरिका आपनाउँदा कुनै साइड इफेक्ट पनि नहुने भएकाले यस्तो तरिका निकै प्रभावकारी हुन्छन् । आउनुहोस्, यसबारे जानकारी लिऔंः

तुलसीको पातः तुलसीको बोट पूजा गर्नका लागि मात्र नभई यसले औषधीको काम पनि गर्छ आयुर्वेदिक डाक्टर तुलसीलाई औषधीको रुपमा हेर्छन्यो औषधी पोल्दासमेत काम लाग्छ । पोलेको ठाउँमा तुलसीको रस लगाउँदा निकै राहत महसुस हुन्छ यसले जलन कम गर्छ र दाग पनि मेटाउँछ ।महः जलनबाट राहत पाउनका लागि मह पनि एउटा राम्रो विकल्प हो । महमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट हुन्छन् जसले हाम्रो स्वास्थ्यलाई लाभ पुर्याउनुका साथै पोलेको समस्याबाट पनि राहत दिलाउँछ । हात पोल्दा महको प्रयोग गर्दा निकै आराम मिल्छ । यदि तपाईं महमा त्रिफला मिसाएर पेस्ट बनाएर लगाउनुहुन्छ भने तपाईंलाई थप राहत महसुस हुन्छ ।

बेसारः यदि तपाईं पोलेको स्थानमा बेसार लगाउनुहुन्छ भने तपाईंको जलन ठिक हुनुका साथै भविष्यमा घाउको दाग पनि बस्दैन । पोलेको स्थानमा कम्तीमा दुई वा तीनपटक बेसारमा थोरै पानी मिसाएर लगाउनुहुन्छ भने निकै आराम मिल्छ ।बरफको टुक्राः पोलेको स्थानमा बरफको टुक्रा रगड्नुहोस् । बरफभन्दा सस्तो र राम्रो औषधी पोलेको घाउमा अरु हुन सक्दैन । पोलेको स्थानमा १० देखि १५ मिनेटका लागि बरफ रगड्नुहोस् । यसरी बरफ लगाउँदा जलन र सुन्निन कम हुन्छ । यसले पोलेको दाग पनि बस्न दिँदैन ।
यसैगरी फलफुल हाम्रो शरीरको लागि एकदम आवश्यकीय तत्व हो यसले हाम्रो शरीरलाई चाहिने भिटामिन उब्लब्ध गराउनुको साथै अनुहारमा चमक ल्याउन सहयोग गर्दछ फलफुल खाएपछि हामी त्यसको बोक्रालाई फाेहरमा मिल्काई दिन्छौ किनकी हामीलाई यसको फाईदाबारे ज्ञान छैन जुन यसप्रकार छन् –मेवाको बोक्रा : मेवाको बोक्रा तास्दा एक किसीमको सेतो चोपयूक्त तरल पदार्थ आउछ यो सहितको बोक्रा धोएको अनुहारमा केहि समय दलेर छाड्ने र अनुहार सुके पछि अनुहार धोएमा मुलायम तथा चम्किलो महसुस् हुन्छ ।

यो प्रकृया हप्तामा दुई पटक गरेमा धेरै फरक अनुभव गर्न सकिन्छ ।खरबुजाको बोक्रा : खरबुजा यस्तो मौसमी फल हो जुन गर्मी महिनामा मात्र पाइन्छ । यसले हाम्रो शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्ने गर्दछ । खरबुजाको बोक्राको पेष्टलाई अनुहारमा लगाउँदा दादको समस्या टाढा रहन्छ भने यसले छालालाई विशेष चम्किलो पनि राख्छ ।सुन्तलाको बोक्राः सुन्तलाबाट भिटामिन सि पाईन्छ । यो हाम्रो छालाको लागि निकै फाइदाजनक मानिन्छ ।
जसलाई सुन्ताला खान मनपर्दैन उनीहरुले सुन्तलाको बोक्रा अनुहारमा प्रयोग गर्न सकिन्छ। सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स टाढा भाग्छ र छालाका विभिन्न समस्याबाट छुटकारा पाइन्छ ।केराको बोक्राः केराकोबाट मात्रामा पोषक तत्व पाइन्छ । यसमा भिटामिन बी ६ र बी १२ पाईनुका साथसाथै म्याग्नेसियम र कार्बोहाइड्रेट पाईन्छ । केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन जसले स्ट्रेसलाई कम गर्ने गर्दछ । केराको बोक्रालाई अनुहारमा लगाउँदा घामले डढेको र डण्डिफोरको समस्याबाट राहत पाइन्छ ।

प्रकाशित मिति: २०२२-१२-२९ , समय : १२:०६:४७ , १ वर्ष अगाडि

error: Content is protected !!