१५ बैशाख २०८१, शनिबार
2024-04-27

उसिनेर खानु भन्दा उमालेर खाँदा : स्वास्थ्यको लागि बढी लाभदायक

Aarya News Desk

देवानगञ्ज । नेपाली माटोमा धेरै प्रकारका उत्पादनको उर्वरा भूमि हो । यहाँ उम्रने र फल्ने फल्ने हरेक झारपातका आफ्नै महत्व छन् । कतिपय औषधिको काम गर्ने छन् भने कति विषालु पनि छन् । त्यस्तै त्यस्ता झारपात पहिचान गरेर कति काँचै खान मिल्ने छन् भने कति उसिनेर त कति पकाएर खान मिल्ने छन् । त्यसमध्ये निम्न उत्पादनलाई उसिनेर खान सकिन्छ:-

उमालेर खानुहोस् यी तरकारी: नेपाली भान्सामा तरकारी उमालेर खाने चलन खासै छैन । तर, केही तरकारी यस्ता हुन्छन्, जसलाई उसिनेर वा उमालेर खाँदा अन्य अवस्थामा भन्दा दोब्बर तागतिलो र स्वादिष्टसमेत हुन्छ ।पालुङ्गो, गाजर, तरुल र बन्दागोभीलगायत तरकारी उमालेर खाँदा स्वाद तथा पोषणको मात्रा धेरै बढ्छ । उमालेको÷उसिनेको तरकारी फ्राई गरेर पकाएको भन्दा बढी लाभदायक हुन्छ ।

यस्तो तरकारीको सेवनले मोटोपनामा पनि कमी आउने स्वास्थविद्हरू बताउँछन् । केही तरकारीलाई सलादको रूपमा पनि काँचो नै खान पनि सकिन्छ । उमालेर तथा सलादका रूपमा खान सकिने तरकारीबारे यहाँ जानकारी दिइएको छ:-

आलु: आलु प्राय भान्सामा नछुट्ने तरकारी हो । तरकारीको स्वाद बढाउन आलु मिसाउने गरिन्छ । तर, यसलाई उसिनेर मात्र पनि खान सकिन्छ । भुटेको वा तारेकोभन्दा उसिनेको आलुमा पोषक तत्व बढी मात्रामा पाइन्छ ।

भटमास: भटमास प्रोटिनको राम्रो स्रोत हो । यसको लाभदायक सेवनका लागि पानीमा ६ मिनेट उमाल्नुहोस् । त्यसपछि यसमा एक चिम्टी नून र थोरै मरिच मिलाएर खान सकिन्छ । उमालेको भटमासले मधुमेहका रोगीलाई पनि फाइदा पुग्छ ।

पालुङ्गो: भिटामिन ‘ए’ बढी पाइने तरकारीमध्ये पालुङ्गो पनि हो । विज्ञहरूका अनुसार अनुसार हरियो पात भएको पालुङ्गो उमालेर खानाले यसको पोषक तत्व दोब्बर बढ्छ । पालुङ्गोलाई रायो, मेथीलगायतको सागमा मिसाउँदा स्वादिलो हुन्छ ।

मकै: मकै प्रायः भुटेर खाने गरिन्छ । तर, यसलाई उमालेर खानु नै बढी लाभदायी हुन्छ । यसलाई उमालेर पकाउन अन्य खाद्यान्नको तुलनामा बढी समय लाग्छ । यसमा कार्बोहाइड्रेट, चिल्लोलगायत पोषणका साथै रेशा हुन्छन्, जसले कब्जियत हटाउन मद्दत पुर्याउछ ।

सखरखण्ड: सखरखण्डमा धेरै स्टार्च (शक्तिवद्र्धक) तत्व पाइन्छ । यो जमीनमुनि फल्ने खाद्यवस्तु हो । यसलाई पोलेर पनि खान सकिन्छ । तर, उसिनेर खानु बढी लाभदायक हुन्छ ।

फूलगोभी: फूलगोभी सबैजसोलाई मन पर्ने तरकारी हो । यसलाई धेरैले तारेर नै खाने गर्छन् । तर, यस्तो गर्नाले यसमा रहेको न्युट्रियस तथा भिटामिन नष्ट हुन्छ । त्यसैले, यसलाई बफाएर खानु सबैभन्दा राम्रो तरीका हो ।

बन्दागोभी: बन्दागोभी धेरैले रुचाएको पाइँदैन । तर, यसमा धेरै पोषक तत्व हुन्छ भन्ने कतिपयलाई थाहा नहुन सक्छ । झन् यसलाई उमालेर खानाले स्वाद र लाभदायक तत्व बढ्छ । यसलाई उमाल्न प्रयोग गरिएको पानी सेवन गर्नाले पनि स्वास्थ्यलाई राम्रो हुन्छ । किनकि, त्यसमा धेरै पोषण पाइन्छ ।

ब्रोकाउली: ब्रोकाउली उमालेर खानु अति लाभदायक मानिन्छ । उसिनेको ब्रोकाउलीले ग्याष्ट्रिकका रोगीलाई फाइदा पुग्छ । यसलाई उमाल्ने बेला थोरै जैतुल तेल मिसाउनाले स्वादिष्ट बन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

प्रकाशित मिति: २०२२-१२-२९ , समय : १९:१४:२० , १ वर्ष अगाडि

error: Content is protected !!