१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

आज बि.स.२०७९ पौष १५ गते शुक्रबार :- वैदिक ज्योतिष शास्त्र,पञ्चाङ्ग र राशिफल ; यी राशिहरुको भाग्य चम्किने छन्

Aarya News Desk

देवानगञ्ज । वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ । हरेक राशिको स्वामी ग्रह हुन्छ । ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ । पौष १५ गते शुक्रबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ । शुक्रबार दिन माता सन्तोषीको नाममा समर्पित हुने गर्दछ । शुक्रबार माता सन्तोषीको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ । शुक्रबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

पोष गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन शुक्रबार ।।। नक्षत्र उत्तरभाद्रपदा, १७:०५ बजे उप्रान्त रेवतीं ।।। तिथि – १५ अष्टमी, २३:५३ बजे उप्रान्त नवमी ।। करण भद्रा १२:३० बजेदेखि वव २३:५३ बजे उप्रान्त तैतिल ।। योग वरियान् १५:३६ बजे उप्रान्त परिघ ।।। पौष १५, २०७९, शुक्रबार ।।। ३० डिसेम्बर, सन् २०२२ ।।। अष्टमी, पौष शुक्लपक्ष ।।। पोहेलाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय – ०६:५६ ।। सूर्यास्त – १७:१७ ।। शुभ साइत : – होम गर्ने साइत –

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ :-
व्यापार व्यवसायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धन लाभ हुने दिन छ । आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भई मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो :-
आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । यात्राको योग छ । घरायसी समस्याले सताएपनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ, यात्रा पनि हुन सक्छ । खर्च लागेपनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह:-
व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला । भौतिक साधनका पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ, केहि रुपैँया पैसा भने खर्च गर्नुपर्ने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो:-
नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला । तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहेपनि सोचे जति फाइदा हुने छैन । मन लगाएर काम गर्नु होला । टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने बचत गर्नुहोला ।

सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे:-
आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धन लाभ हुनेछ, नउठ्ने पैसा पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाँउबाट धन आउने दिन छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो:-
आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते:-
हात हतियारबाट जोगिनु पर्ने दिन छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रयास गरेपनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ, कसैसँग बढी रिस पनि उठ्ला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कुसैसँग मनमुटाव हुन सक्छ ।

वृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु:-
काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान सम्मानमा आघात पर्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ । श्रमको उचित मूल्यांकन हुनेछ । तर काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे :-
चल अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ, यसले मान प्रतिस्ठामा राम्रो हुनेछ । पारिवारिक आवश्यकता पूर्ति होला । घर परिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जका साथ बित्नेछ ।

मकर राशि- भो, ज, जि, खि, खु, खे, खो, गा, गि:-
प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जाने छ । टाढाको यात्राबाट धनको लाभ पनि होला । आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द:-
स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनु होला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । सामान्य रुघाखोकिले पनि सताउला । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । नसोचेको ठाँउमा धनको नाश हुने दिन छ ।

मीन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि :-
कामहरु आज सजिलैसँग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला । बुद्धि विवेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ ।

प्रकाशित मिति: २०२२-१२-२९ , समय : १९:३९:१६ , १ वर्ष अगाडि

error: Content is protected !!