०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

विराटनगरको एक कपडा गुदामामा छापा मार्दा ठुलो परिणाममा तस्करीको कपडा बरामत

राजीव कुशवाहा

विराटनगर । विराटनगरको एक कपडा गुदामामा छापा मार्दा ठुलो परिणाममा तस्करीको कपडा बरामत गरेको छ। विराटनगर – ८ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा मार्दा ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको हो ।

शुक्रवार दिउँसो विराटनगर भन्सार कार्यालय ,सशस्त्र प्रहरी बल र नेपाल प्रहरी संयुक्तले कपडाको व्यापारी साहको गोदाममा छापा मारेको थियो ।

सुनसरी र मोरङका क्यारिङगर्नेहरू मार्फत साहले तस्करीको कपडा ल्याउने गरेका थिए । भारतदेखि अवैध रूपमा ल्याएर तस्करीको कपडा विराटनगर -८ महावीर रोडस्थित मुकुन्द बस्नेतको दोस्रो तला पुरै भाडामा लिएर कपडा राख्ने गरेका थिए । तस्करी गरी ल्याएको कपडा विराटनगरको बजारसहित पूर्वको विभिन्न नाका पढाउने गरेका थिए । उनको विराटनगर -८ महावीर रोडमा कपडाको होलसेल पसल पनि रहेको छ । तेही पसलबाट उनले कपडा विराटनगरसहित पूर्वको विभिन्न स्थानमा पढाउने गरेका थिए ।

साहको गोदामबाट बरामद भएको कपडा विराटनगर भन्सार कार्यालय अहिले लिएर गएको छ । विशेष सूचनाको आधारमा तस्करीको कपडा ल्याएपछि हामीले छापा मारी बरामद गरिएको विराटनगर भन्सार कार्यालयका प्रमुख तारानाथ सापकोटाले जानकारी दिनुभयो। बरामद गरिएको कपडाको खरिद विल पनि साहले देखाउन सकेको छैन ।’ बरामद गरेको कपडा परिमाण खुल्न बाँकी रहेको भन्सार प्रमुख सापकोटाले बताउनुभयो । ‘बरामद गरेर भन्सार लिएर आएका छौँ,’ ‘अहिले गणना भइरहेको छ । केही बेरमा परिमाण र मूल्य खुल्नेछ ।

बरामत भएको कपडा एक ट्राक्टर र एक भन्सार कार्यालय बस भरि भएको थिय।

प्रकाशित मिति: २०२२-१२-३० , समय : १८:३८:१९ , १ वर्ष अगाडि

error: Content is protected !!