
देवानगञ्ज ।आज शनिबार देशका यी तीनवटा प्रदेशमा दिउँसो वर्षा हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
साथै हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि छ।
शनिबार राति प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: २०२२-१२-३१ , समय : ०९:२८:१४ , ५ महिना अगाडि