
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ।
सरकारमा जसपा सहभागिता, पार्टीले निर्वाह गर्ने भूमिका र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी हुने/नहुने तय हुन बाँकी रहेको उनको भनाई छ।
आजको बैठकमा पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकका एजेण्डा पनि तय गर्ने उनको भनाई छ। बैठकले विधान महाधिवेशनबारे पनि छलफल गर्ने बताइएको छ।
प्रकाशित मिति: २०२२-१२-३१ , समय : ११:३३:१२ , ५ महिना अगाडि