१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

दुर्घटना हुनुको कारण खुलाए:भारतीय क्रिकेटर ऋषभ पन्त

Aarya News Desk

काठमाडौं। भारतीय क्रिकेटर ऋषभ पन्तले दुर्घटना हुनुको कारण खुलाएका छन्। देहरादुनको म्याक्स अस्पतालमा उपचाररत पन्तले दिल्ली क्रिकेट एसोसिएसनको टोलीसँग दुर्घटनाको कारण बताएका हुन्।

अस्पताल पुगेका संघका निर्देशक श्याम शर्मासँग उनले सडकमा खाल्डो आएका कारण दुर्घटना भएको खुलाए। यसअघि निन्द्राका कारण दुर्घटना भएको भनिए पनि पन्तले खाल्डोबाट बच्न खोज्दा डिभाइडरमा ठोक्किएको बताएका छन्।

रातिको समयमा एक्कासि खाल्डो देखिएको उनले बताएका छन्। पन्तको उपचार देहरादुनमै गर्ने वा एयरलिफ्टबाट दिल्ला वा लण्डन लाने विषयमा छलफल भइरहेको छ। यसको निर्णय भने भारतीय बोर्ड बीसीसीआईले गर्ने बताइएको छ।

बीसीसीआईका एक अधिकारीले पन्तको स्वास्थ्य स्थिति राम्रो भएको र हाललाई देहरादुनकै अस्पतालमा उपचार जारी रहने बताइएको छ। थप उपचार गर्नुपर्ने कहाँ लैजाने विषयमा बीसीसीआईको बोर्डले निर्णय गर्ने उनले बताएका छन्।

प्रकाशित मिति: २०२२-१२-३१ , समय : १८:१५:५८ , १ वर्ष अगाडि

error: Content is protected !!