१५ बैशाख २०८१, शनिबार
2024-04-27

आज बि.स.२०७९ पौष १८ गते सोमबार :- वैदिक ज्योतिष शास्त्र,पञ्चाङ्ग र राशिफल; यी राशिहरुको भाग्य चम्किने छन्

Aarya News Desk

देवानगञ्ज । वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ । हरेक राशिको स्वामी ग्रह हुन्छ । ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। पौष १८ गते सोमबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ । सोमबार भगवान गणेश शिवको नाममा समर्पित हुने गर्दछ सोमबार भगवान शिव-गणेशको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

पौष १८ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन सोमबार ।।। नक्षत्र भरणी, १७:१० बजे उप्रान्त कृत्तिका ।।। तिथि– एकादशी, – २२:३२ बजे उप्रान्त द्वादशीं । कारण वणिज १०:२७ बजेदेखि भद्रा, २२:३२ बजे उप्रान्त कौलव ।।। योग सिद्ध १०:२० बजे – – उप्रान्त साध्य ।।। पौष १८, २०७९, सोमबार ।।। जनवरी ०२, सन् २०२२ ।।। एकादशी, पौष शुक्लपक्ष ।।। पोहेलाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय – ०६:५७ ।।। सूर्यास्त– १७:१९ ।।। कुनै पनि शुभ साइत तथा मुहूर्त छैन-

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ :-
पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नया कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा
जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनु पर्ने दिन छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो :-
कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा
जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ । काममा अरुको समर्थन पाइने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह:-
आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई
जारी राख्नु होला । रुपैया पैसा आर्जन हुने योग परेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो:-
स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । नसोचोको स्थानबाट धन आर्जन हुनेछ ।

सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे:-
सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । खानपिनमा सजक रहनु होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो:-
अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । नोकरिमा आफनु बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ । विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । काममा कठिनाइ सहनु पर्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते:-
व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन, नसोचेको ठाउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आय सन्तोष जनक रहनेछ ।

वृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु:-
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ । कतैबाट आर्थिक लाभ हुने समय छ चनाखो भने रहनु होला । कामहरु पनि सजिलै संग बन्ने छन ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे :-
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला यसले खर्च पनि गराउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, अरुको कम मात्र भर पर्नृुृ होला । हातहतियारबाट जोगिनु पर्ने दिन रहेको छ ।

मकर राशि- भो, ज, जि, खि, खु, खे, खो, गा, गि:-
हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ । परिस्थिति सँग केही सम्झौता गर्नुपने छ । जगिरका क्रममा समस्या आउन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द:-
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोग्गिएर काम गर्नु होला । आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन
रोजगारीको सम्भावना छ । नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ ।

मीन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि :-
नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, अरुले तपाइको तारिफ गर्न सक्छन । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।

प्रकाशित मिति: २०२३-०१-०१ , समय : १८:५०:३६ , १ वर्ष अगाडि

error: Content is protected !!