०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

झापाको बुधबारे बजारबाट ३ जना बेवारिसे बालकहरुको उद्दार

Aarya News Desk

झापा। झापाको बुद्धशान्ति गाउँपालिका- ३ बुधबारे बजारबाट प्रहरीले ३ जना बेवारिसे बालकहरुको उद्दार गरिएको छ ।

आज दिउँसो बुधवारे बजारमा ३ जना बालकहरु बेवारीसे अवस्थामा रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले १३ बर्षीय एन्जल लिम्बु, ११ बर्षीय सुशील लिम्बु र १० बर्षीय होमन्च मगरलाई बेवारिसे अवस्थामा उनिहरुलाई उद्दार गरेको हो ।

उद्दार गरिएका तीनै जना बालकहरुलाई जनप्रतिनिधी र स्थानीय पत्रकारहरुको सहयोगमा ईटहरी स्थित रहेको अस्थायी संरक्षण केन्द्र (VOC) मा पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रकाशित मिति: २०२३-०१-०२ , समय : ११:३३:२५ , १ वर्ष अगाडि

error: Content is protected !!