१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

आज बि.स.२०७९ पौष १९ गते मंगलबार :- वैदिक ज्योतिष शास्त्र,पञ्चाङ्ग र राशिफल; यी राशिहरुको भाग्य चम्किने छन्

Aarya News Desk

देवानगञ्ज । वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ । हरेक राशिको स्वामी ग्रह हुन्छ । ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ । पौष १९ गते मंगलबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ “भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ । मंगलबार पवन पुत्र हनुमानको नाममा समर्पित हुने गर्दछ । मंगलबार भगवान हनुमानको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। मंगलबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

दिन :- मंगलबार ।। नक्षत्र कृत्तिका, १८:१० बजे उप्रान्त रोहिणी ।। तिथि :- द्वादशी, २३:०६ बजे उप्रान्त त्रयोदशी ।। – करण :- वव १०:४५ बजेदेखि वालव, २३:०६ बजे उप्रान्त गर । योग :- साध्य, ९:२१ बजे उप्रान्त शुभ ।। ०३ जनवरी, २०२३ ।। द्वादशी, पौष शुक्लपक्ष ।। पौष १९ गते मंगलबार ।। पोहेलाथ्व, ११४३ ने.सं. ।। सूर्योदय (sunrise) : ६:५७ ।। – सूर्यास्त (sunset ) :- १७:१९ ।। होम गर्ने, रुद्री गर्ने साइत:-

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ :-

धेरै बोल्ने बानीले दुःख पाइएला होस पुर्याउनु होला । धनको नाश पनि होला । सन्तानबाट खोजे जस्तो सहयोग नपाउदा केहि पीडा होला । स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागी खर्च हुनेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो :-

आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जाँगरमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह:-

गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ, धन कमाउने योग छ । कामममा जोश जाङर आउनुका साथै आर्थिक एवम समाजिक लाभ मिल्ने छ । उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो:-

सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् ।लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ ।

सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे:-

भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ । कामकै पछी लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन । सोचे आनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो:-

मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ । सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा र मीठ खाजाको आनन्द पनि मिल्नेछ । आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते:-

आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ,पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला ।

वृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु:- केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतीबाट लाभ हुनुका सथै धर्मिक कार्यमा सम्लग्न हुने समय छ । बाहान चौपाय आदी प्राप्त होला साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे :-

केही विवाद तथा समेत परिने योग छ सावधान रहनु होला ।शरिरीक तथा मानसिक आलस्यता बढ्नेछ झै भगडा हुने दिन छ । अनावस्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला ।

मकर राशि- भो, ज, जि, खि, खु, खे, खो, गा, गि:-

परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन । घर परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द:-

प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ ।

मीन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि :-

मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान–सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ ।कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ ।

Please Subscribe Aarya News Online Youtube Channel

प्रकाशित मिति: २०२३-०१-०२ , समय : १८:२६:५५ , १ वर्ष अगाडि

error: Content is protected !!