२८ बैशाख २०८१, शुक्रबार
2024-05-10

मोरङमा जनशक्तिको अभाबले गर्दा ट्राफिक व्‍यवस्‍थापनमा ठुलो समस्या; भीआईपीहरुलाई गन्त्यव तर्फ पुर्यउन हमे हमे

राजीव कुशवाहा

विराटनगर।मोरङमा सवारी दुर्घटना न्युनिकरण र ट्राफिक व्‍यवस्‍थापनको लगी चाहिने जनशक्तिको अभाबले गर्दा ट्राफिक व्‍यवस्‍थापनमा ठुलो समस्या हुन गरको छ।

जिल्ला ट्राफिक कार्यलय मोरङमा विभिन्ना तहमा ट्राफिक अधिकृत एवं अन्य सकल दर्जाका ट्राफिकहरु कार्यरत रहेको र उक्ता जनशक्ति निकै कम भएको हुँदा यातायात व्यावस्थापनमा ठुलो समस्या आएको हो ।

अहिले मोरङमा विराटनगर रानी जोगबनी क्षेत्र एकिकृत भन्सार कार्यालय विराटनगर, विराटनगर ११ केसलिया मार्ग, विराटनगर ४ र ५ को बरगाछी, ३ र ३ कञ्चनबारी, निमुवा चोक, पुष्पलाल चोक, हाटाखोला,कर्सिया, रंगेली, लगायतका अन्य ठाँउमा समेत ट्राफिक प्रहरीको बिट खडा गरिएको छ।

मोरङ जिल्लामा चल्ने सवारी साधनाहरुको तुल्लनामा उक्ता जनशक्ति एक चौथाई नभएको र कहीं ट्राफिकहरुले सावरी साधनाको लाइसेन्स लिदाँ सावरी चलाउनेले ठिक गरेको छ कि छैन सो हर्ने गरेका छन ।

यसरी थौरे जनशक्तिले धैरे काम गर्नु परिरहेको हुँदा कहिले कहि समयको भाबले गर्दा यातायात व्यवस्थापनमा समस्या आउने गरेको पाइन्छ ।

ट्राफिक व्‍यवस्‍थापन गर्नको लगी खटिएका ट्राफिकहरु बस्ने भवन आवास समेत दैनिया अवस्थामा रहने हुँदा जोखिम मोल्‍दै ट्राफिक प्रहरिहरु आफ्‍नो काम गरिहेका छन्।

यसलाई व्यवस्थित गर्नको लागी दरवन्दी थाप र जनशक्तिमा बृद्धि गर्नु पर्ने देखिएको छ।

विराटनगरमा एयरपोर्ट समेत रहेको र देशका विशेष व्यक्ति भीआईपीहरु पुर्व तिर आउँदा हवाई मार्ग द्वारा आउने गरेका छन।उनीहरुलाई सहज रुपमा गन्त्यव तर्फ पुर्यउनको लागि ट्राफिकहरुको समेत अहम भूमिको रहने गरेको छ। यसलाई हेर्दा भीआईपीहरु आउँदा ट्राफिक व्यवस्थापन गर्न हमे हमे पर्ने गरेको छ।

प्रकाशित मिति: २०२३-०१-०३ , समय : ११:२६:३६ , १ वर्ष अगाडि

error: Content is protected !!