
सुनसरी ०१ जेष्ठ । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ ।सोही क्रममा हाल सम्म सुनसरीका विभिन्न पालिकामा उमेदवारहरु सफल भएका छन।
सुनसरीको भोक्राहा नरसिंह गाउँ पालिका वार्ड न. १ बाट नेपाली काङ्ग्रेसका उमेदवार युवराज दाहाल ५४७ लाई राप्रपाका उमेदवार लक्ष्मण मेहताले १०९० मत ल्याएर निर्वाचित भएको भोक्राहा नरसिंह निर्वाचन कार्यालयका अधिकृत मोहन बाहदुर अधिकारीले जनाएका छन ।
दुहबी नगरपालिका १ बाट नेपाली काङ्ग्रेसका उमेदवार जाकिर हुसेन मियाले ८१३मत लाई पछी पार्दै सोही वडाका एमाले तर्फ बाट अध्यक्ष मो अजुल हुसेनले ९२९ मत ल्याएर विजय भएका छन ।
धरान उप महानगर पालिका २ बाट नेपाली काङ्ग्रेसका सुधिर सिंह लिम्बु लाई ६२७ मत लाई पछी पार्दै सोही वडाका नेकपा एमालेका उमेदवार रमेश राइले ७४८ मत ल्याइ निर्वाचित भएका छन ।
त्यसै गरि बर्जुगाउँ पालिका वार्ड न.१ बाट नेपाली काङ्ग्रेसका उमेदवार मनोज कुमार गच्छदार ६३४ मत लाई सोही वडाका
एमाले का उमेदवार दिल बाहदुर गुरुङ ९३९ मत ल्याइ निर्वाचित भएका छन ।
प्रकाशित मिति: २०२२-०५-१५ , समय : १२:३६:३१ , २ वर्ष अगाडि