०८ बैशाख २०८१, शनिबार
2024-04-20

स्वास्थ्य बिमा कार्यक्रम हात्तीको देखाउने दाँत जस्तै

Aarya News Desk

विराटनगर । नेपाल सरकारले स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याए पनि प्रभावकारी हुन सकेको छैन।

स्वास्थ्य बिमा कार्यक्रम भित्र रहि सेवा दिने उद्देश्यले प्रदेश एकमा मात्र सरकारी एवं निजी अस्पताल गरी आधा दर्जन भन्दा बढिले कार्यक्रम सञ्चालन को अनुमानित लिएका छन्। अहिले स्वास्थ्य बिमा अन्तरगत सेवा लिने सेवाग्राहीको लागि निल्नु न उकल्नु भएको छ।

स्वास्थ्य बिमा अन्तरगत सेवा दिने उद्देश्यले विराटनगर ४ मा रहेको हाम्रो अस्पताल प्रा.लि.पनि रहेको छ। यस अस्पताल भित्र सञ्चालनमा रहेको औषधी पसलका सञ्चालकहरूको मनोपोलिको कारण बिरामीहरू मारमा पर्ने गरेका छन्।

अस्पातलमा कार्यरत चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण गरि बिमा अन्तरगत रहेको औषधी लेखे पनि औषधी पसल सञ्चालकले औषधिको कम्पौजिशन मिल्ने गरी फरक औषधि दिने गरेका छन्।

अस्पातलमा उपचार गर्न जाने सबै बिरामी वा निजका आफन्त हरूले औषधी लिदा औषधी पसलले जुन औषधी दिन्छ बिस्वासको आधारमा औषधी लिने गरेका छन्।जुन बिरामी वा निजका आफन्तले चिकित्सकले लेखेको औषधी मात्र दिनु भनेमा यो औषधि बिमा भित्र परे पनि हामी संग छैन् भन्ने गरेका छन्। डाक्टरले लेखेका औषधी न दिईकन डाक्टरले लेखेको औषधीले जुन काम गर्छ यसले पनि त्यही काम गर्छ भनेर डाक्टर भन्दा पनि महा डाक्टर बन्ने गरेका छन्।

दमको बिरामीले औषधी माग्दा यो बिमा भित्र परे पनि बिमा कम्पनीले प्रति गोटा ५ रूपैयाँमा बिक्री गर्नु भनेका छन् तर हाम्रो खरिद मूल्य १० रुपैयाँ भन्दा बढी पर्ने गरेको कारणले गर्दा पैसा तिरेर किन्नुपर्छ हामी दिन सक्दैनौ भनेर बिरामीलाई भन्ने गरेका छन्।

यसलाई आधार मान्ने हो भने स्वास्थ्य बिमा कार्यक्रम हात्तीको देखाउने दाँत जस्तो बन्ने निश्चित छ। यस प्रति सम्बन्धित निकायको ध्यान जानु जरुरी छ।

प्रकाशित मिति: २०२३-०१-०४ , समय : २०:२३:०३ , १ वर्ष अगाडि

error: Content is protected !!