
काठमाडौं। नेपाली कांग्रेस पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्दैछ।
संसदीय दलको बैठकका एजेण्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो। कांग्रेसले भोलि शनिबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ। कांग्रेस संसदीय दलमा ८९ सांसद् छन्।
आजको बैठमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतको सहभागिता रहनेछ।
कांग्रेसले आगामी माघ २८ गतेलाई केन्द्रीय कार्यसमिती बैठक बोलाएको छ।
प्रकाशित मिति: २०२३-०१-०६ , समय : १८:१०:०३ , ५ महिना अगाडि