१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

आत्महत्या न्यूनिकरणका लागि “बाँचौ न जीवनभर” अभियान सुरु

सुरेन्द्र कुशवाहा

सुनसरी। जिल्ला सदरमुकाम इनरुवामा आत्महत्या न्यूनिकरणका लागि “बाँचौ न जीवनभर” अभियान सुरु गरिएको छ । सनातत कूटुम्भ नेपालको पहलमा इनरुवा नगरपालिका समेतको विषेश सहयोगमा आत्महत्या हतोत्साहनको सन्देश सम्प्रेषण गर्न एवम् न्यूनिकरणका लागि “बाँचौ न जीवनभर” अभियान सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रममा नगरक्षेत्रका पाँच हजार बढी बालबालिकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विषेश गरेर विधार्थी बालबालिकाहरु तथा किसोरकिसोरीहरु जोखिममा रहेको भन्दै आत्महत्या न्यूनिकरणका लागि “बाँचौ न जीवनभर” अभियानको सार्थक शन्देश प्रवाह गरेको आयोजक सनातन कुटुम्ब नेपालका अशोक चितलांगियाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रशिक्षक एवम् जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले व्यक्तिमा आत्मघाती विचारद्वारा निर्देशित लहडले व्यक्तिलाई आत्म–अवहेलनाबाट मृत्युमा पु¥याउने कुकर्मोन्मुख बनाउँने भएकाले त्यसबाट आफू पनि बच्ने र अरुलाई पनि बचाउने प्रयास गर्नुपर्ने बताउनुभयो । व्यक्तिले स्वबाध्यता महसुस गरी जानी–जानी मर्ने मनस्थितिबाट आफ्नो ज्यान आफै लिने यो विश्वव्यापी समस्या भएकाले यसको रोकथाममा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।

उहाँले मानसिक रूपमा विक्षिप्त ९डिप्रेशन०हुनु, पारिवारीक रूपमा एकल हुनु, कहिले कडा रोग लाग्नु र म बाँचेर यो संसारमा के काम छ र रु भन्ने हीन भावना हुनुले पनि मानिस आत्महत्या रोज्ने भएकाले मर्नु भन्दा बौलाउनु ठीक सन्देश बुढापाकाको रहेकाले त्यसमा पनि ध्यान दिएर आत्महत्या रोक्न तर्फ लाग्नुपर्ने बताउनुभयो । जीवन जिउने कला नहुने, लागू पदार्थको अत्यधिक सेवन गर्ने, निराशाका भावनाहरूमा पौडिनु, आवेगपूर्ण वा आक्रामक स्वभावमा परिवर्तन नल्याउनु, सामाजिक रूपमा आफू बहिष्कृत भएको महसुस गर्नु, आत्मघाती विचारहरूले जित्नु, मानसिक विकारले दिमागलाई नियन्त्रण गर्नु पनि आत्महत्या गर्नेका कारणहरूमा पर्ने भएकाले यसको रोकथाममा सबैको ध्यान जान जरुरी रहेको ढकालले बताउनुभयो । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र उपप्रमुख विनिता कुमारी मेहता सहितकाले कार्यक्रमको औचित्यका बारेमा बोल्नुभएको थियो ।

प्रदेश सभा सदस्य रामप्रसाद मेहताले आत्महत्या सामाजिक लाञ्छना, सामाजिक सञ्जाल, धार्मीक, आर्थिक, सांस्कृतिक, सामाजिक मनोवृत्ति समेतका कारणले हुने भएकाले सबै क्षेत्रमा सचेतना आवश्यक रहेको बताउनुभयो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मनोविज्ञानले धनी, गरिब, शिक्षित, अशिक्षित, केटा, केटी, बेरोजगार, शहरीया, वृद्ध, शहरका धनी र सम्पन्न परिवारमा पनि आत्महत्या समस्याका रुपमा रहेकाले रोकथाममा सबैले योगदान गर्नुपर्ने बताउनुभयो । यादवले विक्षिप्तताका रोगीहरू, लागू पदार्थ सेवन गर्नेहरू र तनावमा बाँचेकाहरू आत्महत्या रोज्ने गरेको विभिन्न तथ्यहरुले देखाएकाले यसको रोकथाम र न्यूनिकरणका लागि सचेतना र मनोविर्श परामर्श आवश्यक रहेको बताउनुभयो ।

सामाजिक अभियन्ता सविना सिग्देलले सामाजिक विचलन, सांस्कृतिक विचलन, मानसिक रोग, हेला, लामो समयसम्म निको नहुने शारीरिक रोगहरू, नैराश्यता, पारिवारीक कलह, अनमेल विवाह, यौन दुर्बलता, व्यस्तता, असन्तुष्टि, आपसमा अविश्वास, इमान्दारीताको कमी, असुरक्षा, अन्यायमा पर्नु, द्वन्द्व, बेरोजगारी, गरिबी, सञ्चार माध्ययम तथा इन्टरनेटको दुरूपयोग, व्यक्तिगत गुण, जीवनमा सधंै असफलता, समाजमा हुने अस्वस्थ प्रतिस्पर्धा, असमानता, घरेलु हिंसा, सञ्चार प्रविधिको दुरूपयोग, नैतिक शिक्षाको अभाव र नक्कल गर्ने मनोविज्ञान जस्ता थुप्रै कारणले आत्महत्याका घटना भएकोले यसमा सचेतना सहितका कार्यक्रम गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । यादव सेवा समितिका अध्यक्ष भुवनेश्वर यादवले सत्य, अहिंसा, सद्भाव, मानवता र मेलमिलापको भावनाले सांस्कृतिक सहिष्णुता र सौहार्दपूर्ण वातावरण निर्माण हुने भएकाले यसको बारेमा प्रचारप्रसार र संकाश्पदहरुलाई मनोविर्शषको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

अधिवक्ता पञ्चदेव मेहताले नकारात्मक जीवन घटनाहरूलाई सकारात्मक बनाएर, निराशालाई आशामा रूपान्तरण गरेर, पारिवारीक तनावलाई न्यूनिकरणका उपाय अपनाएर, उदासीन भावनालाई सकारात्मक र रचनात्मक भावनामा पु¥याएर आत्महत्या रोकथाम गर्नुपर्ने बताउनुभयो । मेहताले आत्म–अवमूल्यन नगरी आत्मसम्मानको भावना जागृत गराएर यसलाई न्यूनिकरण गर्न सकिने तर्क गर्नुभयो । यो व्यक्तिगत कुण्ठामा र मनमष्तिस्कमा सुसुप्त, निष्कृय र लुकेर रहेको अपराध भएकाले यसलाई साझा समस्याको रूपमा लिएर सबै व्यक्ति नै सजग हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वयमसेवकका रुपमा सरस्वती स्काउट ट्रपको योगदान ः
सरस्वती स्काउट ट्रप सरस्वती माध्यमिक विद्यालय इनरुवा ९ का स्काउटहरुले कार्यक्रममा स्वयम सेवकका रुपमा योगदान गरेका छन् । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माध्यमिक विद्यालयमा स्थापना भएको सरस्पती स्काउट ट्रपको दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको पहिलो हप्तामै उतकृष्ट रुपमा “बाँचौ न जीवनभर” अभियान कार्यक्रममा योगदान गरेको विद्यालयका प्रधानाध्यापक श्यामदेव मेहताले जानकारी दिनुभयो ।

विद्यालयका शिक्षक श्याम प्रसाद साह, स्काउट इनरुवा संयोजक रामानन्द मण्डल र देवकृष्ण यादव सहित सरस्वती स्काउट ट्रपका १० छात्रा र १० छात्र र प्रधानाध्यापक एवम् स्काउटका संयोजक श्यामदेव मेहताले स्वयमसेवक सहयोगी भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा सरस्वती स्काउट ट्रपका धिरजकुमार यादव, सितल कुमार यादव, मिथलेश कुमार यादव, मनिष कुमार यादव, राहुल कुमार यादव, अनुज कुमार यादव, अमन कुमार मेहता, आषिक साफी र धिरजकुमार मेहता , छात्रा स्काउटमा सुलेखा कुमारी यादव, बबिकुमारी यादव, विपिका कुमारी यादव, रुवि कुमारी यादव, अन्जना कुमारी उराँव, मनिषा कुमारी यादव, अबिका कुमारी मेहता, मधुकुमारी यादव, आरती कुमारी यादव र अस्मिता कुमारी मेहता सहित २० छात्रछात्रा स्काउटले सहयोग गरेको थियो । स्काउटहरुले बसाई व्यवस्थापन, पानी , चिया विस्कुत वितरणमा सहयोग गरेका थिए । स्काउटको पहलकदमी र सहयोग प्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवले धन्यवाद र आभार व्यक्त गर्नुभएको छ ।

“बाँचौ न जीवनभर” नामक पुस्तक बिमोचन
“बाँचौ न जीवनभर” नामक पुस्तक सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा बिमोचन गरिएको छ । अशोक चितालांगियाले लेख्नुभएको नैतिक शिक्षा र सकारात्मक सन्देश सहित आत्महत्या न्यूनिकरणका लागि उपयोगित “बाँचौ न जीवनभर” पुरस्कको बिमोचन गरिएको हो । शुक्रबार सनातत कूटुम्ब नेपालको पहलमा इनरुवा नगरपालिका समेतको विषेश सहयोगमा आत्महत्या हतोत्साहनको सन्देश सम्प्रेषण गर्न एवम् न्यूनिकरणका लागि आयोजित “बाँचौ न जीवनभर” अभियान कार्यक्रममा “बाँचौ न जीवनभर” पुस्तकको बिमोचन गरिएको जनाएको छ ।

“बाँचौ न जीवनभर” को १ नम्बर प्रदेश सभा सदस्य रामप्रसाद मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र उपप्रमुख विनिता कुमारी मेहता, यादव सेवा समितिका अध्यक्ष भुवनेश्वर यादव सहितकाले एक कार्यक्रमको बीच पुस्तकको विमोचन गर्नुभयो । “बाँचौ न जीवनभर” मा २२ पृष्ट रहेको र प्रकाशनमा इनरुवा नगर प्रमुख केदार भण्डारी, समाजसेवी एवम् होटल तपोवन काठमाण्डौं संचालक मनोज कुमार मेहताको सहयोग रहेको जनाएको छ । “बाँचौ न जीवनभर” पुस्तकको विषयबस्तुको औचित्यका बारेमा सहभागीहरुले बोल्नुभएको थियो ।

पुस्तकमा बाँचौ न जीवनभरलाई जीवित राख्नुपर्ने, चिन्ता होईन चिन्तन गरौं, सृष्टि बदलन नसकिए के भो आफ्नो दृगिट नै बदलि दिऔं, , धैर्यका साथ उपयुक्त समयको प्रतिक्षा गारौं, भविश्य बदलन तत्पर रहौं, आफूलाई चिनौं, आत्महीनताबाट बचौं, असफलता नै सफलताको खुडकिलो, कर्म अनुसारको फल सहितको चर्चापरिचर्चा गरिएको छ । पाँच हजार प्रति बालबालिकाहरु र विधार्थीसगैं शिक्षकहरुलाई पनि पुस्तक वितरण गरेको थियो ।

प्रकाशित मिति: २०२३-०१-०६ , समय : २१:०४:५१ , १ वर्ष अगाडि

error: Content is protected !!