१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

६ वर्षीय एक बालकले शिक्षिकालाई गोली हाने

Aarya News Desk

वासिङटन डिसी। अमेरिकाको भर्जिनियामा राज्यमा एक ६ वर्षीय बालकले आफ्नी शिक्षिकालाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा पहिलो कक्षाका बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएका स्थानीय प्रहरीले जनाएको छ ।

न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न भएकी छन् । उनको ज्यान जोखिममा रहेको बताइएको छ ।

स्थानीय समयअनुसार शुक्रबार दिउँसो करिब २ बजे गोली हानेका थिए। बालकलाई शुक्रबारदेखि प्रहरी विभागका प्रमुख स्टिभ ड्र्युले पत्रकार सम्मेलनमा बताए।

घाइते शिक्षिकालाई स्थानीय अस्पतालमा लगिएको र उनको अवस्था सुधारोन्मुख छ। पहिलो कक्षाका विद्यार्थीले कसरी बन्दुक ल्याए भन्ने कुरा तत्काल स्पष्ट हुन सकेको छैन । त्यति सानो शिशुले कक्षाकोठामा बन्दुक कहाँबाट ल्याएयो भन्नेबारे अनुसन्धान भइरहेको छ । द न्युयोर्क टाइम्स

प्रकाशित मिति: २०२३-०१-०८ , समय : ०९:२०:४९ , १ वर्ष अगाडि

error: Content is protected !!