०८ बैशाख २०८१, शनिबार
2024-04-20

मधेस प्रदेश जिसस महासंघको अध्यक्षमा कौशल किशोर सिंह र कोषाअध्यक्षमा जितेन्द्र कुशवाहा चयन

राधेश्याम कुशवाहा

सर्लाही। मधेस प्रदेशको जिल्ला समन्वय समितिको अध्यक्षमा जिल्ला समन्वय समिती, सर्लाहीका सभापति कौशल किशोर सिंह र कोषाअध्यक्षमा उप-सभापति जितेन्द्र कुशवाहा चयन भएको छ ।

नेपालको पर्यटकीय नगर पोखरामा मधेस प्रदेशका ८ वटै जिल्लाका समन्वय समितिमा निर्वाचित जनप्रतिनिधिहरुको भेलाले उक्त निर्णय गरेको हो ।

मधेस प्रदेशको समन्वय समिती महासंघको उपाध्यक्षमा सिरहाका दिलिप कुमार लामा, सचिवमा पर्साको निरन्जन प्रसाद सोनार र उपसचिवमा महोत्तरीका सरजुग यादव चयन समेत नवनिर्वाचित अध्यक्ष कौशल किशोर सिंहले जानकारी दिए । यी ५ वटा पदाधिकारी सहित १५ सदस्यीय समिती समेत गठन गरिएको हो ।

जिल्ला समन्वय समिति महासंघको आयोजना र जिल्ला समन्वय समिती कास्किको व्यवस्थापनमा पुष २२-२३ गते बसेको बैठकमा महासंघका देशैभरीका ७७ जिल्लाका जिल्ला समन्वय समितीका प्रमुख, उप प्रमुख सहित् एक महिला सदस्य गरि २३१ प्रतिनिधि सहित करिब ३०० जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०१-०८ , समय : १९:५४:३५ , १ वर्ष अगाडि

error: Content is protected !!