१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

विराटनगरमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाए

Aarya News Desk

विराटनगर। नेपाल सरकार ले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने घोषणा गर्दे सार्वजनिक विदा दिएकोमा नेपाल सरकार राजसंस्था प्रति उदार भएको महसुस गरेका छन्।

नेपाल विद्वत् परिषद मोरङ ले विराटनगरमा आयोजना गरेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बोल्नु हुने अधिकांस वक्ताहरूले आशय व्यक्त गर्नुभयो।

उक्त अवसरमा परिषद का केन्द्रीय अध्यक्ष जित बहादुर अर्जेलले पहिले नेपालको शक्ति केन्द्र नेपालको राजसंस्था थियो तर अहिले गणतन्त्र आए पछि नेपालको शक्ति केन्द्र दिल्ली हुँदै अमिरका पुगेको बताउनुभयो।

पञ्चायत कालमा टाठाबाठाले जनतालाई शिक्षित बनाएन अहिले गणतन्त्र आए पनि तिने नेताहरूले जनतालाई खाडी मुलुक तिर पाइएका छन् बताउनुभयो।

उक्त अवसरमा पुर्व उपप्रधान एवं गृहमन्त्री बद्री प्रसाद मण्डलले अहिलेको संसद लाई प्रतिपक्षी विहिन बनाएर संविधान माथि नै आक्रमण गरेको आरोप लगाउनुभयो। संविधान ले नेपाल को संसद मा प्रतिपक्षी हुनुपर्छ भनेर उल्लेख गरेको कुरा माथी जोड दिदै राष्ट्रपतिले संसद भङ्ग गरी निर्वाचन तर्फ लानुपर्छ भन्नुभयो।

परिषदका केन्द्रीय उपाध्यक्ष बल्ब प्रसाद दाहालले नेपाली भएर बाँच्न सिकाउने नेपालको राज संस्था हो भन्नुभयो।

राजसंस्था विरोधीहरूले नेपालको राजसंस्थालाई निरङ्कुश भनेर जुन प्रचार बादी गरिरहेका छन् उक्त प्रचार बादी गलत छ नेपालको राजसंस्था निरङ्कुश हुन सक्दैन भन्नुभयो।

परिषदका मोरङका अध्यक्ष पुष्पराज दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा राप्रपा मोरङका अध्यक्ष माधव प्रसाद आचार्य विद्यार्थी नेता सुरेश मिश्र र समाजसेवी दिनेश राउत लगायतले पृथ्वी नारायण शाहको योगदान माथि चर्चा गर्नुभयो।

प्रकाशित मिति: २०२३-०१-१२ , समय : १२:२७:४९ , १ वर्ष अगाडि

error: Content is protected !!