०६ बैशाख २०८१, बिहिबार
2024-04-18

सर्लाहीको लालबन्दीले पहिलो पटक सुरु गरे संसदिय प्रणालीमा नगरसभाको अभ्यास

राधेश्याम कुशवाहा

सर्लाही। जिल्लाको २० वटा स्थानिय तहमध्ये लालबन्दी नगरपालिकाले पहिलो पटक संसदिय प्रणालीमा आधारित भएर आफनो नवौं नगरसभा सुरु गरेको छ ।लालबन्दी नगरपालिका वार्ड न.१० को सभा हलमा सुरु भएको नगरसभाको दोस्रो बैठकमा ६ वटा विद्येयक सर्वसहम्मत पास भएको नगरको प्रवक्ता गणेश बहादुर थापाले जानकारी दिए ।

नगरको विधेयक अधिवेशनमा संस्था दर्ता, सावारी तथा यातायात, फोहोरमैला व्यवस्थापन, जलश्रोत संरक्षण तथा व्यवस्थापन, भूउपयोग र नगरको संगठन तथ व्यवस्था सर्वेक्षण प्रतिवेदन २०७९ गरी ६ वटा विद्येयकमाथि छलफल गरि निर्णायार्थ प्रस्तुत गरिएको थियो । उहाँले भने । ति सबै विद्येयक सर्वसहम्मत पारित भयो ।पुस २२ बाट सुरु भएको लालबन्दी नगरपालिकाले नवौं अधिवेशनको दोस्रो बैठकमा विभिन्न ६ वटा विधेयक माथि छलफल गरि निर्णयार्थ प्रस्तुत गरिएको हो ।

आज प्रस्तुत खेलकुद व्यवस्थापन, आन्तरिक कार्यप्रणाली नियन्त्रण र नगरपालिकाको भवन निर्माण तथा नियम मापदण्ड २०७९ गरी ३ वटा विद्येयक छलफलका लागि प्रस्तुत भएको सभाअध्यक्ष लालबन्दी नगरपालिकाका प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार प्रस्तुत विधेयक उपर दफावार छलफल गरि पुस ३० गतेको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ ।

पुस ३० गते हुने दोस्रो बैठका लागि थप ३ वटा विधेयक प्रस्तुत भएको लालबन्दी नगर प्रमुख तथा सभाअध्यक्षले वासुदेव अधिकारीले जानकारी दिए । आज पारित विधेयकलाई प्रमाणीकरण अभिमुखिकरण तथा राजपत्रमा प्रकाशित गर्न सचिवालयलाई निर्देशन दिएको उहाँले बताए ।

सर्लाहीमा पहिलो पटक संसदिय प्रणालीमा आभारित भएर नगरसभाको अभ्यास गरिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुइटेलले बताए ।

संविधानले स्थानिय तहको सभालाई स्थानिय संसदको रुपमा मान्या छ । संविद्यानले के भनेका छन, भने स्थानिय तह संचालन सम्बन्धि व्यवस्था प्रदेश कानुन बमोजिम हुनेछ । उहाँले भने ।सबै प्रदेशले गाउँ, नगर तथा प्रदेश सभा संचालन कार्यविधि ऐन जारी गरेको छ । तर यो ऐनले के भन्छ भने यो संसद हो र यो संसदीय मोडेलमा जानुपर्छ । प्रस्ताव पेश गर्ने विधि, प्रस्तुत गर्ने विधि तथा छलफल गर्ने विधि, पास गर्ने विधि, विशेष समयमा बोल्ने विधि, शून्य समयको निर्धारण, संकल्प प्रस्ताव कसरी जोडने, सबै अध्यक्षको जिम्मेवारी, प्रस्तुत कर्ताको जिम्मेवारी भने सबै परिभाषित गरेको हो ।

स्थानिय सरकार संचालन ऐन प्रदेशले बनाउने संवैधानिक व्यवस्था रहेको छ । मधेस प्रदेशले समेत २०७६ सालमा गाउँ, नगर तथा प्रदेश सभा संचालन कार्यविधि ऐन बनायो । सोही भएर नगरको सभालाई समेत प्रदेश सभाको मोडेलमा चलाईदिएको उहाँले बताए । यसबाट अरु स्थानिय तहले समेत अनुसरण गर्न सकिने उहाँले सुझाए ।

अरु स्थानिय तहले गरेको नगरसभा आम सभा रहेको उहाँले टिप्पणी समेत गरे । नगर सभा संचालनका लागि कानुन छ, त्यही अनुसार चलाउने कानुनी व्यवस्था रहेका कारण त्यही मोडेलमा हामी अभ्यास गरेको उहाँको कथन थियो ।
नगर सभा चल्दै गरेको दृश्य हेर्दा संघीय संसदमै प्रवेश गरेको अनुभुती भईरहेको सभामा सहभागीहरुले बताए । यो प्रणालीबाट नगरसभा गर्दा विवादरहित र सबैको प्रनितिधित्व हुने उनिहरुको भनाई थियो ।

प्रकाशित मिति: २०२३-०१-१२ , समय : २२:३७:४० , १ वर्ष अगाडि

error: Content is protected !!