०८ बैशाख २०८१, शनिबार
2024-04-20

जनशक्ति युवा क्लबद्वारा १५ विपन्न बालबालिकालाई न्यानो स्वीटर वितरण

राधेश्याम कुशवाहा

सर्लाही। सर्लाहीको चक्रघटा गाउँपालिका वार्ड न. ५ पडरिया का जनशक्ति युवा क्लबले गरिब, दलित तथा विपन्न समुदायका १५ जना बालबालिकालाई न्यानो स्वीटर वितरण गरेको छ । क्लबको अध्यक्ष धिरेन्द्र ठाकुरको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि उक्त स्वीटर वितरण गरिएको हो । न्यानो स्वीटर पाएपछि बालबालिकाहरु खुशी भएका छन ।

स्थानीय सरकारले गर्नुपर्ने काम स्थानीय युवाहरूले गरिरहेको स्थानीय अनुठा रामले बताए । उहाँहरु हामी जस्तो विपन्नका लागि निस्वार्थ रुपमा कम्तीमा एउटा स्वीटर पनि लिएर आएकोमा अहिले पनि सहयोगी हात जिवित रहेको महसुस गरेको उहाँको कथन थियो । स्वीटर वितरण गरेपछि जनशक्ति क्लबका युवाहरूलाई स्थानीयवासीले धन्यवाद समेत दिएका छन ।

गरिब, दलित तथा आर्थिक रुपमा विपन्न समुदायका बालबालिकालाई चिसोबाट बच्नका लागि न्यानो स्वीटर वितरण गरेको क्लबको अध्यक्ष धिरेन्द्र ठाकुरले बताए ।

विगत केही दिनदेखि निरन्तर चलेको चिसो हावा तथा हुस्सुका कारण जनजीवन कष्टकर बन्दै गएको छ । यसबाट विपन्न समुदायका बालबालिकाहरु सबैभन्दा बढी प्रभावित भएको महसुस गर्दै हाम्रो क्लबका साथीहरूले मिलेर आफनै व्यक्तिगत खर्चमा उक्त स्वीटर वितरण गरेको बताए ।

हामीसंग भएको स्रोत र साधन प्रयोग गरेर यस जाडो मौसमबाट आफू पनि बाँच्नु अनि अरूलाई पनि बचाउनु हामी मानवको पहिलो कर्तव्य हो । उनले भने । सानो भएपनी विपन्न बालबालिकाको अनुहारमा खुशी छर्कन जमर्को गरेको छु ।

जाडोयाम सकेसम्म बालबालिका लाई घरबाट बाहिर न पठाउन, पठाउनु परेमा बाक्लो लुगा लगाएर मात्र पठाउन, आगोको नजिक बालबालिका राख्दा विशेष सावधानी अपनाउन लगायतका थुप्रै सल्ला तथा सुझाव समेत स्थानीयहरुलाई जनशक्ति युवा क्लबले दिएका छन ।

न्यानो स्वीटर वितरण कार्यक्रममा क्लबको सदस्य धिरज यादव, सुरेन्द्र राम, बेचन पण्डित लगायत स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०१-१४ , समय : २०:५९:३२ , १ वर्ष अगाडि

error: Content is protected !!