१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

सुन आयतमा कडाई गरेको कारण पाँच हजार भन्दा बढी रोजगार विहिन

Aarya News Desk

विराटनगर। नेपाल सरकारले सुन र सुनको गहनाहरूलाई बिलासिताको बस्तुको रूपमा व्याख्या गर्दै सुन आयतमा कडाई गरेको कारणले गर्दा सुन आयात हुन् सकेको छैन।

करिब दुई महिना देखि मोरङका सुन व्यवसायीहरूले बैधानिक रूपमा सुन आयात गरेका छैन। नेपाल सरकार ले दैनिक १० किलोग्राम सुन आयात गर्नको लागि अनुमति दिएको छ।

सोही आधारमा विभिन्न बैङ्कहरूले सुन आयात गरि नेपाल सुनचाँदी व्यवसायी महासंघको सिफारिसमा सुन व्यवसायीहरूले सुन बैङ्कबाट उठाउने गरेका थिए। १० किलोग्राम सुनलाई विभाजन गर्दा मोरङलाई १ किलोग्राम सुन भागमा पर्छ। उक्त १ किलोग्राम सुन पनि १५ देखि २० दिन पछि मात्र पाउने गरेका छन्।

यसरी प्राप्त गरेको सुनलाई एक सुन व्यवसायीले उक्त सुन लिनको लागि एक महिना पर्खनुपर्ने हुन्छ। मोरङमा मात्र दुई सय भन्दा बढी सुन व्यवसायीहरू नेपाल सुनचाँदी व्यवसायी संघमा आबद्ध रहेका छन्।

नेपाल सरकारले सुन आयातमा कडाई गरेको कारण सुन पसलमा कार्यरात करिब पाँच हजार भन्दा बढी व्यक्तिहरू रोजगार विहिन हुने अवस्थामा पुगेका छन्। सुन आयातमा खुकुलो नगरेको खण्डमा अधिकांश सुन व्यवसायीहरू आ-आफ्नो कारोबार बन्द गरि बाहिर पलायन हुने योजना गरेका छन्।

मोरङमा केही वर्ष अगाडि नाम चलेका सुन व्यवसायीहरू भागि सुकेका छन् भने अरू पनि नभाग्लान भन्ने अवस्था छैन। विराटनगरमा मात्र रहेको अधिकांश सुन पसलमा सुनको गरगहना राखेर रकम निकाल्ने व्यक्तिहरू अहिले पनि अझै छन।

सरकारले सुन आयातमा खुकुलो नपारेको खण्डमा आफ्नो कारोबार सञ्चालन गर्न नसकेर भाग्न सक्ने सम्भावना भए को हुदा यस तर्फ सरोकारवालाहरुको ध्यान जानु जरुरी छ।

प्रकाशित मिति: २०२३-०१-१४ , समय : २१:३३:१५ , १ वर्ष अगाडि

error: Content is protected !!