१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

मतगणना सुरु नहुदै मुख्य निर्वाचन अधिकृतले दिए राजिनामा

आर्य न्युज

विराटनगर । उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । जिल्लामा पूणरूपमा मतगणना सुरु नहुँदै उनले स्वास्थ्य समस्याको कारण देखाएर राजीनामा दिएका हुन् ।

खनाल शनिबार अचानक बेहोस भएका थिए । उनले निर्वाचनको बाँकी काम गर्न नसक्ने भन्दै निर्वाचन आयोगमा राजीनामा पठाएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले बताए ।

उदयपुरको ९८ मतदानस्थलमध्ये त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित जनप्रेमी आधारभुत विद्यालय पुरानो गाईघाटमा मतदानको विवाद कायमै रहेको छ ।

विवादका कारण त्रियुगामा मतगणना सुरु हुन सकेको छैन । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनले त्रियुगा १२ मा पुन मतदानको माग गरिरहेका छन् भने कांग्रेस र एमालेले मतगणना गर्न माग गरेको जनाइएको छ ।

त्यसैगरी कटारी नगरपालिका-१० मा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यहाँको समस्याले पनि उनी तनावमा रहेको जनाइएको छ ।

प्रकाशित मिति: २०२२-०५-१५ , समय : १४:५०:२२ , २ वर्ष अगाडि

error: Content is protected !!