११ बैशाख २०८१, मंगलबार
2024-04-23

दुर्घटनाको शोकमा यती एयरलाइन्सका सोमबार निर्धारित सबै उडान रद्द

Aarya News Desk

काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ ।

एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।

कमपनीको ९एन एएनसी एटीसआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

प्रकाशित मिति: २०२३-०१-१५ , समय : १८:३६:३२ , १ वर्ष अगाडि

error: Content is protected !!