१५ बैशाख २०८१, शनिबार
2024-04-27

चौथो बर्जु महोत्सवमा झडप हुँदा एक प्रहरी हवल्दार सहित ५ जना घाइते

राजीव कुशवाहा

विराटनगर। चौथो बर्जु महोत्सवमा झडप हुँदा एक प्रहरी हवल्दार सहित ५ जना घाइते भएका छन् । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा यसवर्ष पनि झडप भएको छ । प्रवेश शुल्क बृद्धि गरिएको निहुँमा झडप भएको हो ।

सोमबारसम्म प्रवेश शुल्क ५० देखि १०० रुपैयाँ सम्म लिएको थियो। कलाकार अनुसार दिनुहु प्रवेश शुल्कमा घटबढ गर्ने गरेको थियो। तर मंगलबार भारतीय कलाकार खेसारीलाल यादव आउने भएको हुँदा प्रवेश शुल्कमा एकासी बृधि गरेर ५०० रुपैयाँ बनाइए पछि आयोजक संग रुष्ट भएका स्थानीय र प्रहरी बीच झडप भएको थियो।

झडपमा चार स्थानीय र एक प्रहरी हवल्दार घाइते भएका छन्। सामान्य घाइतेहरुलाई बर्जु समुदायक हस्पिटलमा प्राथमिक उपचार गरि विराटनगरको नोबेल अस्पताल पठाइएको छ।

गत वर्ष माघ ४ गते पनि सोही ठाँउमा खेसरीलाल आउने कार्यकर्म थियो तर प्रशासनले अनुमति नदिएपछि कार्यक्रम हेर्न आएकाबीच झडप हुँदा ठुलो धनजनको क्षति हुनुका साथै केही दर्शकहरु घाईते भएका थिए ।

प्रकाशित मिति: २०२३-०१-१७ , समय : २२:११:४३ , १ वर्ष अगाडि

error: Content is protected !!