२३ बैशाख २०८१, आइतबार
2024-05-05

जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेटे : प्रधानमन्त्री प्रचण्ड

Aarya News Desk

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महाराजगन्ज स्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन्।

बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न,पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि आग्रह गरेका छन्।

साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरे।
सो क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका मृतकका आफन्तसँग भेटघाट गरेका थिए।

परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव बुझाउने प्रक्रिया तीव्र बनाउन निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी गराए।

प्रकाशित मिति: २०२३-०१-१९ , समय : १२:०४:०५ , १ वर्ष अगाडि

error: Content is protected !!