१३ बैशाख २०८१, बिहिबार
2024-04-25

शितलहर प्रभावित ४०० जनालाई ब्लान्केट वितरण

राधेश्याम कुशवाहा

सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा शितलहरबाट बच्नका लागि ४०० जना गरिब तथा विपन्न परिवारका नागरिकहरुलाई ब्लान्केट वितरण गरिएकोे छ ।

बलरा नगरपालिका वार्ड न. १० सुदामा मेयर रामाशंकर कुशवाहाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी वडा स्तरिय योजनाबाट उक्त ब्लान्केट वितरण गरिएको छ ।

चिसोको समयमा ब्लान्केट वितरण गरिएकोमा स्थानिय सरकार भएको महसुुस गरेको स्थानिय ईन्दल ठाकुरले बताए । “शितलहरबाट गरिब, मजुदुर, बुढापाखा तथा बालबालिकाहरु बहुत समस्या छन । उनिहरुको घरमा जाडोमा ओढने र बिछयाउने मोटो कपडा समेत रहेका छैन, उनले भने ।” “पराल र दाउराको भरमा रात काटनुपरेको अवस्था छ । वडाअध्यक्षबाट प्राप्त ब्लान्केट सहयोग उनिहरुलाई जाडो काटन थप मदत मिल्ने बताए ।”

अरु वडामा ब्लाकेट वितरण नभएपनि हाम्रो वडामा वितरण गरेकोमा वडाअध्यक्ष महतोलाई उहाँले विशेष धन्यावाद समेत थिए । विपदको बेलामा सहयोग लिएर पुग्ने जनप्रनिधिहरु विरलै भेटिने गरेको उनिहरुको भनाई थियो ।
आफनो वडाका गरिब, दलित, ज्येष्ठ नगारिक तथा अतिविपन्न परिवारका नगरिकहरुलाई शितलहरबाट बच्नका लागि ब्लाकेट वितरण गरेको वडाअध्यक्ष दिनेश महतोले बताए ।

बर्षेनि पुष, माघ महिनामा बाक्लो हु्स्सु तथा कुहिरो लागेर सर्वसाधारणको जनजिवनबाट कष्ठकर हुने गरेको कुरालाई ध्यानमा राख्दै वडबाटै ब्लान्केट वितरण गर्ने योजना बनाएको छु, उहाँले भने ।” “अरु वडामा ब्लाकेट वितरण गरिएको छैन, तपाईले वितरण गर्नुभएको छ, भने सोधिएको प्रश्नमा उहाँको जवाफ थियो ।”

“आफू ५ बर्षको अनुभवी वडाअध्यक्ष रहेको छु , उहाँले भने । कुन महिनमा कुन योजना चलाउनुपर्छ, हामीलाई राम्रो सित थाहा छ ।”
वडा भित्रका सबै किसानहरुलाई गहुँको सिजनमा बिउ समेत वितरण गरेको उहाँले दाबी गरे । जनप्रतिनिधि भएपछि अपदा विपदाको बेला आफनो जनताको सेवा तथा हितका लागि समर्पित हुनुपर्ने उहाँले बताए । प्रभावित भएका वार्ड न.१० का गरिब तथा विपन्न परिवारलाई ब्लान्केट वितरण गरिएको बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले बताए ।

“हामीले शितलहरबाट प्रभावित भएका अन्य वार्डमा पनि वितरण गर्नका लागि कानुनी प्रक्रियामा छौं, उहाँले भने ।” “काुननी प्रक्रिया पुरा हुने बित्तिकै अरु पनि वार्डमा वास्तविक प्रभावितलाई ब्लान्केट वितरण गर्ने छु, । शितलहरबाट नगरका जनतालाई बचाउनका लागि सबै वडाका प्रत्येक गाउँ तथा टोलका चौक चौकमा दाउरा समेत वितरण गदै छौं ।”

यसबाट सबैभन्दा बढी प्रभावित भएका दलित तथा विपन्न परिवारका १२ जनालाई ५–५ हजारका दरले आर्थिक सहयोग समेत गरिसकेका छौ. । उहाँले भने । अगामी दिनमा पनि प्रभावित भएका नागरिकहरुलाई पहिचान गरि सहयोग गर्दै जाने उहाँले प्रतिबद्वता व्यक्त गरे ।

प्रकाशित मिति: २०२३-०१-१९ , समय : १२:०८:२८ , १ वर्ष अगाडि

error: Content is protected !!