१२ बैशाख २०८१, बुधबार
2024-04-24

बिराटनगरमा कोईराला र कार्कीको अग्रता कायमै

आर्य न्युज

विराटनगर जेष्ठ १ गते । विराटनगर महानगर पालिकामा मेयरमा नागेश कोईराला र उपमेयरमा शिल्फा कार्कीको अग्रता कायम रहेको छ ।गत ३० गते शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणना शनिवार बिहान १० बजे देखि सुरु भएको थियो । सुरु भए संगै


कोइराला र कार्कीले अग्रता लिएको थियो । मुख्य निर्वाचन अधिकृतले पछिलो समय नयाँ मतपरिणाम सार्वजनिक गरेको अनुसार ७९७३ मत गणना भएको छ । विराटनगर महानगर पालिकाको मेयरमा गठवन्धनका उम्मेदवार नागेश काेइरालाले २५६५, एमालेका उम्मेदवार सागर थापाले १८५०, स्वतन्त्र उम्मेदवार उमेश यादवले ८७१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले २१००, जसपा उम्मेदवार अमरेन्द्र यादवले १३९२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४८२ मत ल्याएको बुझिएको छ । थप परिणाम आउन बाँकी ।

प्रकाशित मिति: २०२२-०५-१५ , समय : १६:३५:५६ , २ वर्ष अगाडि

error: Content is protected !!