११ बैशाख २०८१, मंगलबार
2024-04-23

आफन्तले जापान पठाई दिन्छु भनि ४१ जनालाई ठगे : मेयरको हात रहेको आशंका

राजीव कुशवाहा

विराटनगर। बैदेशिक रोजगारमा पठाई दिन्छु भनि ४१ जनालाई ठगि गरिइएका छन्। मोरङ जिल्लाको सुनवर्षी नगरपालिकाका अजय राजवंशीले ४१ जनालाई ठगि गरिइएका हुन्।

बैदेशिक रोजगार जापानबाट फर्किएका अजय राजवंशीले सुनसरी ,मोरङ र झापाका ४१ जनालाई रोजगारीमा जापान पठाइदिन्छु भनेर ७ जनाको नाममा बैंकमा रकम जम्मा गर्न लगाएको थियो। विराटनगरमा सामुहिक पत्रकार सम्मेलन गर्दै आफुहरु ठगीमा परेको रंगेली नगरपालिका ९ का हरि राजवंशीले बताउनुभयो। नातामा दाजु पर्ने अजय राजवंशीले जापान पठाई दिन्छु भनि ४१ जना संग ७ जनाको नाममा रहेको बैंक खातामा ५ लाख देखि १८ लाख सम्म जम्म गर्न लगाएको उहाँले बताउनुभयो। हरि राजवंशीले भन्नुभयो” बैदेशिक रोजगारको क्रममा कतारमा हुँदा कल गर्नुभयो म तिम्रो दाजु जापान जाने हो राम्रो मोका छ ,कतारमा कति कमाउ छौ जापानमा ५ वर्षमा लाइफ सेटल हुन्छ। “मिटर ब्याजमा पैसा लिई ७ लाख दिए तर दाजु ठग्नु भयो उहाँले बताउनुभयो।

“अजय राजवंशीले बारम्बार कल गरि भाई ‘तिमी जापान जाउ राम्रो हुन्छ ,केहि फरक पर्दैन तिम्रो गैरेंटी म लिन्छु,’ भनि डोकुमेंटहरु लियो अनि ९ दिनमा सीओइ पठायो ‘म संग १८ लाख रुपैयाँ जम्मा गर्न भन्न थाल्यो जग्गा धितोमा राखी १८ लाख रुपैयाँ जम्मा गरेको विवेक राजवंशीले बताउनुभयो। “ठगीमा परेको थाहा पाए पछी हामी काठमाडौँ जाँदा अजय राजवंशी र सुनवर्षी नगरपालिकाका मेयर श्याम राजवंशी संगै थियो र मेयरले सबै जना आफ्ने हो बसेर कुरा मिलाउ भन्नु भएको थियो। तर अहिले सम्म कुनै पहल गरेको छैन। अजय राजवंशी र मेयर श्याम राजवंशी नातामा मामा भान्जा हुन्। यसले लाग्छ मेयरको पनि हात रहेको पिडितहरुले बताउनुभयो। ठगिएको रकम फिर्ता दिलाइदिन राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गुहारेका छन् ।

राजवंशीले चितवनका राजेन्द्र अधिकारी, धरानका मिनचिरा चाम्राकार, ज्योती घले, विद्या राजवंशी, कर्ण दवाडी, रन्जितकुमार राजवंशी र अनुराधा राजवंशीको नामबाट विभिन्न बैंकमा रकम जम्मा गर्न लगाएर ति सबै रकम लिएर राजवंशी फरार भएको हुन । फरार अजय राजवंशीका विद्या राजवंशी बहिनी हुन् । रन्जितकुमार राजवंशी र अनुराधा राजवंशी श्रीमान् श्रीमती हुन् ।

पिडितहरु मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, मोरङ प्रहरी प्रमुख शान्तिराज कोइराला, इलाका प्रहरी कार्यालय रंगेलीदेखि बैदेशिक रोजगार विभागमा आफुहरु ठगिएको विषयमा निवेदन दर्ता गराएका छन् । तर कतैबाट कुनै किसिमको सुनवाही हुन सकेको छैन ।

राजवंशीले ८ महिनाको अवधिमा सुनसरी र मोरङका ४१ जनासंग ३ करोडभन्दा बढि रकम असुली गर्न सफल भएका छन् । अधिकांश पिडितहरुको भनाइलाई हेर्ने हो भो उनीहरु आफ्नै नजिकका नातेदारको कारणले गर्दा ठगिइएका छन्। पिडितको कुरा सुन्दा यसको जालो चाही ठुलो रहेको देखिन्छ।

प्रकाशित मिति: २०२३-०१-२० , समय : ११:२३:३१ , १ वर्ष अगाडि

error: Content is protected !!