१३ बैशाख २०८१, बिहिबार
2024-04-25

विराटनगरमा नेवा महोत्सव तथा पर्यटन हाट शुरु

राजीव कुशवाहा

विराटनगर। विराटनगरमा दुई दिने नेवा महोत्सव तथा पर्यटन हाट शुरु भएको छ । नेवारी संस्कृति र परम्पराका साथै नेवारी खानाको परिकारहरुको प्रवद्र्धन गर्न शुरु गरिएको हो।

विराटनगर स्थित झी पुःचको प्राङ्गणमा आयोजना गरिएको तेस्रो महोत्सवमा नेवारी खाना र परिकारहरु विक्रीका लागि राखिएको छ । यस्तै, मैथिल र थारु जातिका खानाको परिकारहरु पनि प्रदर्शनीमा राखिएको छ । १५ वटा स्टलहरु राखिएको सो महोत्सवमा घरेलु उत्पादनहरुको प्रदर्शनी गरिएको छ ।

नेवा महोत्सव तथा पर्यटन हाटको एक कार्यक्रमबीच प्रदेश नं. १ का विना विभागीय मन्त्री बुद्धिकुमार राजभण्डारीले शुभारम्भ गर्नुभयो । नेवा महोत्सवको उपलक्ष्यमा शनिवार नेवारी भोज आयोजना गरिने भएको छ । सो नेवा महोत्सव करिब ४ हजार दर्शकहरुले अवलोकन गर्ने नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचःले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०१-२० , समय : १९:५७:३६ , १ वर्ष अगाडि

error: Content is protected !!