१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

कृषि रज्यमन्त्री यादवको वडामा जसपा ३० मत मै सिमित

सन्जय सहनी

रौतहट १ जेठ ।मधेस प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र यादवको घर भएको वडामा उनकै पार्टी जनता समाजबादि पार्टीका वडा अध्यक्षका उमेदवार मात्र ३० मतमा सिमित भएका छन ।
उनको वडामा समाजबादिका वडा अध्यक्षका उमेदवार निर्वाचित भएका छन ।
राज्यमन्त्री यादवको गृहनगर रौतहटको राजदेवी नगरपालिका १ मा उनको पार्टी जसपाका वडा अध्यक्षका उमेदवार हृदय नारायण यादव मात्र ३० मतमै सिमित भएका हुन ।
वडा १ मा समाजबादिका उमेदवार नरेश प्रसाद यादव ६१० मत प्राप्त गरेर वडा अध्यक्षमा बिजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्दी लोसपाका वडा अध्यक्षका उमेदवार शिव नारायण साहले ५८८ मत प्राप्त गरेका थिए।
२०६४ सालदेखि मधेसबादीदलको राजनीतिमा लागेका हृदय नारायण यादव हाल जसपाका जिल्ला कमिटी सदस्य रहेको बताउँछन ।
प्रदेशको निर्वाचनमा यादव राज्यमन्त्री योगेन्द्र यादवको निर्वाचन प्रतिनिधि रहेको बताउँदै आफुलाई पराजित गराउनेमा राज्यमन्त्रीकै हात रहेको आरोप लगाए ।
शुक्रबार चुनावको दिन मैले समाजबादिको उमेदवार लाई समर्थन गरेको भ्रम फैलाएर मलाई पर्ने मतहरु राज्यमन्त्री यादवले डाईभर्ट गराएको कारण ३० मतमा सिमित हुनुपरेको जसपा उमेदवार हृदय नारायण यादवले गुनासो गरेका छन ।
यसको बारेमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जानकारी गराई सत्यतथ्य छानबिन गरि दोषीलाई कार्वाही गर्न उनलेे माग गरेका छन ।
राजदेवी नगरपालिकामा समाजबादी पार्टीका मेयर पदका उमेदवार भिखारी यादव अग्रता लिएका छन ।

प्रकाशित मिति: २०२२-०५-१५ , समय : १९:१५:१४ , २ वर्ष अगाडि

error: Content is protected !!