१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

पहिलो राष्ट्रिय विज्ञान समेलन २०२३ हुने

राजीव कुशवाहा

विराटनगर। एसटिएएन -इएससीएन पहिलो राष्ट्रिय विज्ञान समेलन २०२३ हुने भएको छ। विज्ञान र प्रविधिको विकासका साथै वैज्ञानिक शिक्षाको जगबाट राष्ट्र प्रगतिको पथ पहिल्याउन समेलन हुने भएको हो।

विज्ञान प्रविधिका विषयमा ज्ञान लिन काठमाडौं वा भारत नै जानुपर्ने बाध्यता अन्त्य गर्न शनिवार बर्जु गाउँ पालिका वडा नम्बर ५ मा रहेको एभरेष्ट साइन्स सेन्टर नेपालको हलमा पत्रकार सम्मेलन गर्दै चैत्र २९ ,३० तथा बैशाख १ र २ गते ४ दिनसम्म एसटिएएन -इएससीएन पहिलो राष्ट्रिय विज्ञान समेलन २०२३ को आयोजना गरेको आयोजकले जनाएको छ।

विज्ञान तथा प्रविधिको युग हो। विज्ञान प्रविधि बिना देशको बिकाश हुन सक्दैन। यसै तथ्यलाई तथ्यलाई मध्यनजर गर्दै एभरेष्ट साइन्स सेन्टर नेपाल र विज्ञान शिक्षक समाज नेपाल संस्थाको संयुक्तमा ४ दिने राष्ट्रिय विज्ञान सम्मेलनको आयोजन गरेको एभरेष्ट साइन्स सेन्टर नेपालका अध्यक्ष दिलिप अधिकारीले बताउनुभयो। एभरेष्ट साइन्स सेन्टर नेपाल स्थापना देखि आमनागरिक तथा विद्यार्थीहरुलाई विज्ञान तर्फ आकर्षित तथा सुसुचित गर्न विज्ञान मेलाको आयोजना गर्दै आएको अध्यक्ष अधिकारीले बताउनुभयो।

अधिकारीले सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका विज्ञान विषयका दुइ सय भन्दा बढी विद्यालयले आफ्ना स्टल राख्ने छ भने भिडियो कन्फरेन्सका मध्यमबाट सम्मेलनमा सहभागी भएका विद्यार्थीहरूलाई नासा तथा अन्य विशिष्ट बैज्ञानिकहरु बाट लाइव प्रेजेन्टटासन र इन्टेरकसन् गराउने बताउनुभयो। विज्ञान प्रविधि र विज्ञानसँग सम्बद्ध विषयहरूको गहन अध्ययन-अध्यापन हुने बताउँदै उहाँले प्रदर्शनीमा उत्कृष्ट हुने एक सार्वजनिक र एक निजी विद्यालयलाई एक-एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष अधिकारीले बताउनुभयो।

मेलामा एउटा स्कुलका दुई विद्यार्थी र एक शिक्षकले सहभागिता जनाउन पाउने र त्यसका लागि तीन हजार रूपैयाँ तिर्नुपर्ने छ। त्यसे गरि कॊइ बाकी इक्छुक शिक्षक सहभागी हुन चाहेमा बाहिरको लागि प्रवेश शुल्क तिन हजार र नजिक या बस्न नचाहनेको लागि एक हजार पाँच सय रुपैयाँ तिनुपर्ने छ । त्यसरी आउने विद्यालयका प्रतिनिधिले खाने र बस्ने सुविधा पाउने आयोजकले जनाएको छ। सहभागी हुने विद्याललाई यातायातको पनि व्यवस्था गरिएको छ।

मेलामा अनुमानित तीस हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान छ। मेला हेर्न जाँदा प्रतिव्यक्ति ५० रुपैयाँको टिकट लाग्ने जनाइएको छ। मेलामा विभिन्न विभिन्न परिकारका खानाका स्टल रहने र साँझपख स्थानीय कलाकारहरूको प्रस्तुति राख्दै सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०२३-०१-२९ , समय : २०:५२:३४ , १ वर्ष अगाडि

error: Content is protected !!