सीएनआइ कोशी एक्स्पो अन्तराष्ट्र प्रदर्शनीको अगाडी स्वदेशी उतपादनहरु बिलाएर जाने: कमिकमजोरी लुकाउन समाचार बापत रकम दिने

राजीव कुशवाहा

विराटनगर। नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले आयोजना गर्न लागेको सीएनआइ कोशी एक्स्पो २०२३ लाई प्रभाबकारी बनाउनको लागि परिसंघ द्वारा जारी गरिने प्रायोजित समाचार प्रकाशित गरे बापत भुक्तानी दिने भएको छ। संघका अध्यक्ष भीम घिमिरेले संचारकर्मी संग संछिप्त कुराकानी गर्दै सो कुरा बताउनुभएको हो। संघले माघ १९ देखि २८ गते सम्म अन्तराष्ट्र स्तरको कृषि तथा उद्योगी प्रदर्शनीको आयोजना गर्न गईरहेको छ।

स्वदेशी उतपादनलाई अगाडी बढाउने उदेश्यले मेलाको आयोजना गरेको भनिए ता पनि अन्तराष्ट्र स्तरको कृषि तथा उद्योगी प्रदर्शनीको अगाडी स्वदेशी उतपादनहरु बिलाएर जाने देखिन छ। यसरी प्रायोजित समाचारहरु प्रकाशन गरे बापत रकम दिदा त्यहाँ हुने गरेका गल्तिहरु कमि कमजोरीहरु बाहिर न आओस भन्ने उदेश्यले सो रणनीति अपनाएको आशंका सर्वत्र गर्न थालिएको छ।

बैंकको चर्को व्याजको कारण उद्योग धन्दाहरु धरासायी बनिरहेको आवस्थामा प्रदर्शनी को लागि प्रयोजन गर्ने प्रायोजकहरु र अन्य संस्था हरुले लगानी गरेको देख्दा उद्योगहरु धरासायी हुँदै गइरहेको छ भन्नुलाई सबैले शंकाको रुपमा हेर्न थालेको छ।

यस प्रकारको हुने अधिकांश मेलाहरुमा राख्ने खाद्य सामाग्रीहरु तयारी बिश्कुट, चाउ चाउ लगायत अन्य बस्तुहरुको समय समाप्त हुन हुन लागेको समानहरु राख्ने गरेको हुँदा यसमा पनि सो न होला भन्न सकिदैन। यहाँ राख्ने खाद्य सामानहरु गुणस्तरीय छ छैन त्यस तर्फ सम्बन्धित निकाय को ध्यान जानु जरुरि छ ।

प्रकाशित मिति: २०२३-०२-०१ , समय : १०:२४:०३ , १ वर्ष अगाडि

error: Content is protected !!