०८ बैशाख २०८१, शनिबार
2024-04-20

सिएनआई कोशी एक्सपो विरुद्ध उच्च अदालत रिट दायर

Aarya News Desk

विराटनगर। विराटनगरमा आजबाट सुरुभएको सिएनआई कोशी एक्सपो विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको छ ।

सिएनआई कोशी एक्सपोले सडक अवरोध गरेको भन्दै अबरोध हटाउन मागगर्दै उच्च अदालत विराटनगरमा रिट दर्ता गराइएको बताईएको छ । व्यपार प्रवर्धन गर्ने भनि नागरिकको हकअधिकार हनहन गरेको भन्दै आज रिट दर्ता गरिएको बताईएको छ ।

विमारीको उपचार र विद्यार्थीको शिक्षाआर्जन र सार्वजनीक सडक अवरोधको प्रचलन तथा मेला बन्द गरिपाउ भनि अन्तरीम आदेश माग गरिएको उक्तरिट कानुनका विद्यार्थीले पेशगरेको अधिवक्ता रुपेश कोइरालाले बताउनु भयो ।

 

प्रकाशित मिति: २०२३-०२-०२ , समय : २१:२८:३५ , १ वर्ष अगाडि

error: Content is protected !!