२० बैशाख २०८१, बिहिबार
2024-05-02

बिराटनगर महानगर पालिकामा ३७ घण्टामा ११ हजार २६० मतगणना

आर्य न्युज

विराटनगर ०१ जेष्ठ । विराटनगर महानगर पालिकामा  शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणना शनिवार बिहान १० बजे देखि सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृतले पछिलो समय नयाँ मतपरिणाम सार्वजनिक गरेको  अनुसार ११२६० मत गणना भएको छ ।
विराटनगर महानगर पालिकाको काङ्ग्रेस उम्मेदवार नागेश काेइरालाले ३५१८, एमाले उम्मेदवार सागर थापाले २५८६, स्वतन्त्र उम्मेदवार उमेश यादवले ११८७ मत प्राप्त गर्नुभएको छ भने राप्रपा उम्मेदवार प्रह्लाद साहले ६३८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले २९४९, जसपा उम्मेदवार अमरेन्द्र यादवले १८६३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ७०६ मत ल्याएको बुझिएको छ भने राप्रपा उम्मेदवार विन्दा कुमारी लुइटेल आचार्यले ७९४ मत ल्याएकी छिन् । थप परिणाम आउन बाँकी ।

प्रकाशित मिति: २०२२-०५-१५ , समय : २२:३२:३५ , २ वर्ष अगाडि

error: Content is protected !!