१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

मैदा उद्योगहरू कच्चा पदार्थको अभावले गर्दा बन्द हुने अवस्थामा

राजीव कुशवाहा

विराटनगर । मोरङ सुनसरी करिडोर क्षेत्रमा सञ्चालित मैदा उद्योगहरू कच्चा पदार्थको अभावले गर्दा बन्द हुने अवस्थामा पुगेका छन्।

यस क्षेत्रमा गोमति मैदा मिल, न्युटिफुट, गोपाल फोलोवर मिल, बाबा मैदा मिल, विशाल मैदा र महालक्ष्मी मैदा मिल लगायतका छन्। मिललाई चाहिने कच्चा पदार्थ गहुँको उत्पादन कम हुने भएको कारणले गर्दा गहुँ उत्पादन तर्फ नेपाल आत्मनिर्भर हुन सकेको छैन।

भारतबाट गहुँ ल्याई उद्योग सञ्चालन गर्नुपर्ने भएको हुँदा भारतले दिने गहुँ अहिलेसम्म आउन सकेको छैन। भारत सरकारले नेपाललाई दिने भनिएको गहुँ बिषयमा नेपाल सरकारबाट कुनै पहल नहुँदा गहुँ आउन सकेको छैन।

नेपालमा अहिले गहुँको मुल्य ६ हजार ५ सय प्रति क्युनटलमा बिक्री भए पनि उक्त रकममा गहुँ किनेर समानहरू कतिमा बैच्नै समस्या उद्योगहरूमा रहेको विशाल मैदा मिलको सञ्चालक बिकास बेगानीले बताउनुभयो। गहुँ महँगोमा किनेर उद्योग सञ्चालन गरेकोमा १५ दिन देखि आफ्नो उद्योग बन्द रहेको उहाँले बताउनुभयो।

भारत सरकारले नेपालको लागि छुट्टाएको गहुँको कोटा अनुसार गहुँ आउने भनेर भनिएको उक्त गहुँ आए पछि उद्योगलाई केही मात्रामा भए पनि राहत हुने बेगानीले बताउनुभयो।

उद्योगलाई चाहिने जति गहुँ प्राप्त नभएको खण्डमा आफ्नो उत्पादनमा कटौती गर्नुपर्ने हुन्छ उत्पादन कटौती गरे पछि उद्योगको मेसशरी समानहरू पनि बिग्रिन सक्ने हुँदा यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ।

प्रकाशित मिति: २०२३-०२-०४ , समय : २३:२५:३६ , १ वर्ष अगाडि

error: Content is protected !!