१५ चैत्र २०८०, बिहिबार
2024-03-28

सरकारको हेराईमा परिवर्तन गर्न पनि वृहत्त एकताको खाँचो

Aarya News Desk

विराटनगर। नागरिक उन्मुक्ती पार्टीका नेता रेशम चौधरी र एमाले नेता एवम् प्रतिनिधि सभा सदस्य माननीय लक्ष्मी महतोको मुद्दा राजनिती भएकोले राजनिती सहमतीबाट समाधान खोजिनु पर्ने प्रमुख पार्टीका नेताहरुले जोडदार माग गरेका छन। वृहत्तर नागरिक समाजले शनिवार विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कांग्रेस एमाले माओवादी केन्द्रका थारू मधेशी नेताहरूले चौधरी र महतोलाई रिहा गर्न माग गरे।

हामी प्रति सरकारको हेराईमा परिवर्तन गर्न पनि वृहत्त एकताको खाँचो छ माओवादी केन्द्र पोलिटव्यूरो सदस्य शिवकुमार मण्डलले भने । राजनीतिक मुद्धालाई राजनीतिक तहबाटै समाधान गर्नुपर्छ सरकारले गरेको सहमति अदालतबाट गरिनु हुन्न, राजनीतिक मुद्धाको हल अदालतबाट हुँदैन माओवादी नेता मंडलको भनाई थियो

पार्टी भन्दा न्याय प्राप्तीको संघर्षमा रहेका समुदायहरुको अधिकार गहन रहेको बताउदै नेताहरुले यस बिषयमा वृहत्तर एकता जरुरी रहेको स्पस्ट पारे । थारु आन्दोलनका क्रममा पक्राउ परेका चौधरीलाई सरकारले झुठा मुद्धा लगाएर थुनामा राखेको पनि स्पस्ट पारे

नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तीनाथ माझीले रेशम चौधरी र लक्ष्मी महतोको मुद्धा राजनीतिक भएकाले राजनीतिकबाटै सहमति खोजिनु पर्ने बताए ।

नेकपा एमाले नेता एवम् प्रदेश सभा सदस्य जयप्रकाश चौधरीले रेशमलाल चौधरी र लक्ष्मी महतो घटनामा संग्लग्न नरहेको बताउदै थारु मधेशी आन्दोलनलाई दवाउन सरकारले झुठा मुद्धा लगाएको आरोप लगाए ।

नागरिक अभियानता रामरिझन यादवले मधेश आन्दोलनको कारण माननीय लक्ष्मी महतो माथि मुद्दा लगाईएको हो तर मधेश आन्दोलनबाट उदाएको पार्टी र वहाँ आवद्ध पार्टीका नेताहरूले वहाँको वारेमा एक शब्द पनि सदनमा उचारण नगर्नु दुखद भएको ओल्याए ।

मधेशी पत्रकार समाजका मोरङ्ग अध्यक्ष श्यामसुन्दर सुतिहियारले वृहत्त एकता गरेर अन्यायमा परेको जनताको अधिकार स्थापित गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सुनसरीका कांग्रेस नेता प्रमानन्द मेहता, जनमत पार्टीका सूर्यदेव यादव, वरिष्ठ अधिवक्ता रामलाल सुतिहार लगातका अधिकारवादी संघ संस्था तथा बुद्धिजीवी पेसाकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम वृहत नागरिक समाजका अध्यक्ष सूर्यप्रसाद सिहको अध्यक्षतामा समपन्न भएको थियो ।

प्रकाशित मिति: २०२३-०२-०५ , समय : ०९:३८:२० , १ वर्ष अगाडि

error: Content is protected !!