०८ बैशाख २०८१, शनिबार
2024-04-20

बिराटनगरमा नेकपा एमालेले खोले खाता:वडा नम्बर १९ मा प्यानल विजय

आर्य न्युज

जेष्ठ २ गते । विराटनगर महानगरपालिकाको वडा नम्बर १९ मा नेकपा एमालेका वडाध्यक्षसहित प्यानलै निर्वाचित भएका छन् । सोमबार विहान ५ बजे सम्पन्न महानगरको मतगणनाको परिणाम अनुसार वडा नम्बर १९ मा वडाध्यक्षमा एमालेका श्याम घिमिरे निर्वाचित भएको हो ।
वडा नम्बर १९ को मतपरिणामसँगै महानगरमा एमालेले जितको खाता खोलेको हो । घिमिरले नेपाली कांग्रेसका उदय राजवंशीलाई ८८ मतले पराजित गरिएको छ ।
अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारसँग २१ मतले पराजित भएका घिमिरेले यसपटक ९८७ मत प्राप्त गरी विजयी भएको हो । कांग्रेसका राजवंशीले ८९९ मत प्राप्त गरेको छ ।
वडा सदस्यहरुमा एमालेकै निज नारायण राजवंशी, लक्ष्मण सरदार, महिला सदस्यमा लक्ष्मीदेवी राईनी र दलित महिला सदस्यमा खुस्बु विश्वकर्मा विजयी भएका छन्।
विराटनगर महानगरपालिकाको १, २, १६, १७, १८ र १९ को मतगणना शनिबार विहान १० बजेदेखि सुरु भएको थियो । १९ को गणना सकिएपनि अन्य वडाहरुको भने गणना जारी नै रहेको छ ।

प्रकाशित मिति: २०२२-०५-१६ , समय : ०७:१८:५९ , २ वर्ष अगाडि

error: Content is protected !!