२३ बैशाख २०८१, आइतबार
2024-05-05

पत्रकार श्रवण थापाको पहलमा विपन्न मुसहर परिवारलाई न्यानो कपडा वितरण

राधेश्याम कुशवाहा

सर्लाही । नयाँ पत्रिकाका पत्रकार श्रवण थापाको पहलमा सर्लाहीको चन्द्रनगर गाउँपालिका वार्ड न. ६ कामदका २ सय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

आर्थिक विपन्न भएका कारण चिसोमा कठ्यांग्रिन बाध्य विपन्न मुसहर परिवारको विषयमा नयाँ पत्रिकाले समाचार सम्प्रेषण गरेपछि विशाल ग्रुपले न्यानोकपडा वितरण गर्नका लागि अघि आएको पत्रकार थापाले जानकारी दिए ।

ग्रुपले विपन्न परिवारलाई वितरणका लागि एक सय २० थान कम्बल, एक सय २० थान पछेउरा र २० थान ज्याकेट गरि जम्मा २६० थान न्यानो कपडा कोरियर मार्फत पठाएको मुसहर अगुवा रामकेवल माझीले जानकारी दिए ।

आज एक कार्यक्रमको आयोजना गरि २ सय परिवारलाई न्यानो कपडा वितरण गरिएको छ, उहाँले भने । बाँकी रहेको कपडा हरिपुर नगरपालिकाका विभिन्न मुसहर बस्तीका ६० परिवारलाई वितरण गरिने उहाँले बताए ।

विशाल ग्रुपले सामाजिक उत्तरदायित्व कोषमार्फत सहयोग उपलब्ध गराएको कम्पनीका कुनाल थापाले जानकारी दिए।

आज सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका पूर्वसांसद प्रमोद साह, पत्रकार राकेश गुप्ता, स्थानीय प्रशासनको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो।

सामाजिक मुद्दाहरुको रिपोर्टिङमा पत्रकार श्रवण थापा अब्बल मानिन्छन । उहाँ विगत एक दशक भन्दा बढी समयदेखि समाजमा रहेका विकृति वेथिती, विसङ्गती, अनियमितता, भ्रष्टाचार, शोषण तथा विभेद विरुद्ध निरन्तर कलम चलाउदै आएको छ ।

उहाँले सर्लाहीको आदर्श पत्रकारिता तथा मुल मर्मलाई जिवन्त राख्दै सामाचारको माध्यमबाट समाजलाई सुसज्जित तथा जागरुक गर्नुको साथै एउटा सच्चा समाजिक पहरेदारको रुपमा काम गर्दै आएको छ ।

उहाँको रिपोर्टिङ तथा लेखन शैलिले पाठकलाई घटनाको स्थलमा पुगेको र घटना आफ्नै अँखाले देखेको अनुभुती गराउछ । त्यसैले उहाँको स्टोरीले पाठकलाई मन मस्तिष्कमा छुट्टै प्रभाव पार्दछन ।

उहाँ युवा पत्रकारहरुका लागि प्रेरणा तथा आदर्शको रुपमा रहेका छन, भने जिल्लाका अन्य पत्रकारले समेत उहाँबाट पाठ सिक्नुपर्ने आम बुझाई रहेका छन ।

पत्रकार श्रवण थापा फेसबुकमा लेख्छन !!
मैले चलाएको कलमले निकै ठुलो परिवर्तन होला नहोला । तर, यसरी भुईमान्छेको अनुहारमा देखिएको फिस्स खुसिले आफैलाई फुरुङ पार्ने रहेछ ।
केही समय पहिला सर्लाहीको चन्द्रनगर र हरिपुर नगरपालिकाको मुस्हर बस्तीमा पुगेर चिसोका कारण विपन्न परिवारको विचल्ली भएको रिपोर्टिङ गरेको थिए ।

उक्त स्टोरी नयाँ पत्रिका दैनिक र अनलाई संस्करणमा प्रकासन भएको थियो । सोही खवर पढेर मलाई काठमाण्डौ स्थित बिशाल गु्रपका सर कुनाल थापाले फोन सम्पर्क गरेर सहयोग गर्ने चाहाना देखाउनु भयो । मैले पनि अनुरोध गरे ।

उहाँको कम्पनीबाट न्यानो कपडा २० थान ज्याकेट, एक सय २० थान ओड्ने र एक सय २० थान कम्बल पठाई दिनु भएछ । उक्त सामान आज एक कार्यक्रमका विच वितरण गरियो ।

केही सामान हरिपुरका लागि राखिएको छ । यो बिश्वासका लागि बिशाल ग्रुप परिवार, मलाई रिपोर्टिङ देखी सामान ढुवानी र वितरणमा समेत सहयोग पुर्याउने स्थानीय रामकेवल माझी ज्यू लगाएत उहाँका परिवार,

सहकर्मी साथीहरु राकेश गुप्ता र राधेश्याम कुशवाहा पालिका प्रमुख ज्यू, कार्यक्रममा पुर्व प्रतिनिधि सभा सदस्य प्रमोद साह ज्यू, लगाएत सबै जनामा हृदय देखी आभार प्रकट गर्न चाहान्छु । साथै आगामि दिनहरुमा समेत यहाँहरुको थप साथ र सहयोग तथा सहकार्यको अपेक्षा गर्दछु ।

प्रकाशित मिति: २०२३-०२-०८ , समय : २२:४४:५६ , १ वर्ष अगाडि

error: Content is protected !!