०६ जेठ २०८१, आइतबार
2024-05-19

सवारी ज्यान मुद्धाका फरार प्रतिबादी पक्राउ

Aarya News

विराटनगर। सवारी ज्यान मुद्धाका एक जना फरार प्रतिबादी पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले सो प्रतिबादी पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-९ सुनसरीका ६१ बर्षीय लक्ष्मण शाक्य रहेका छन् । सवारी ज्यान मुद्धामा सम्मानित जिल्ला अदालत धनकुटाको मिति २०४९|०७|१८ गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष कैद र ५ सय रुपैया जरिवाना भई फरार रहेका शाक्यलाई खोजतलासको क्रममा गाँउघरमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका शाक्यलाई सम्मानित सुनसरी जिल्ला अदालत इनरुवामा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाईएको छ ।

 

प्रकाशित मिति: २०२३-०२-१२ , समय : १६:४८:१३ , १ वर्ष अगाडि

error: Content is protected !!