२९ आषाढ २०८१, शनिबार
2024-07-13

संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा

Aarya News Desk 187  पटक हेरिएको

विराटनगर। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने घोषणाप्रति आपत्ति जनाएको छन्। कोइरालाले संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिएर नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको भन्दै प्रश्न गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदा कटौती गरौं पनि भन्ने तर बिदा घोषणा गरेको भन्दै नेता कोइरालाले प्रश्न गरेका हुन् । ‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।’ उनले ट्वीटरमार्फत भनेका छन्, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैँछ?’

प्रचण्ड नेतृत्वको सरकारको आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।

प्रकाशित मिति: २०२३-०२-१३ , समय : ०९:२५:४९ , १ वर्ष अगाडि

error: Content is protected !!