०६ जेठ २०८१, आइतबार
2024-05-19

लागुऔषध गाँजा बोकेको पिकअप सहित २ जना पक्राउ

Desk

देवानगंज। सुनसरीको देवानगंज गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा बोकेको पिकप गाडी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राती साढे १० बजे राजगंज सिनवारी- कप्तानगंज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको गस्ती टोलीले को.१ ज १६६१ नम्वरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई संका लागि चेक जाँच गर्ने क्रममा कुचो भित्र लुकाई राखेको ३ सय ५० किलोग्राम (७ बोरा) गाँजा बरामद गरेको हो ।

उक्त लागुऔषध गाँजा बरामद भए संगै गाडी चालक धरान-१६ सुनसरीका २७ बर्षीय पुर्ण बहादुर राई र सहचालक बिजय राई समेतलाई पक्राउ गरिएको छ । गाँजा बोकेको पिकअप गाडी सहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२३-०२-१३ , समय : १५:१९:१७ , १ वर्ष अगाडि

error: Content is protected !!