१७ बैशाख २०८१, सोमबार
2024-04-29

सीएनआई कोशी एक्स्पो मैला सम्पन्न भए पनि हिसाब मिलानमा ठूलो समस्या :टिकट बाटै ३ करोड भन्दा बढी कमाई

Aarya News Desk

विराटनगर। नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले रमपम सीएनआई कोशी एक्स्पो मैला सम्पन्न भए पछि हिसाब मिलान तर्फ ठूलो समस्या उत्पन्न भएको छ ।

उक्त मेलामा मुख्य प्रायोजक रमपम ले २० लाख भन्दा बढी रकम लगानी गरेको छ भने अन्य प्रायोजक रह प्रायोजकहरु क्वालिटी के एल दुगड सिजी ग्रुप, म्याजिक समुह, रूशलान, आरती स्टिप्स, विराटनगर महानगर पालीका दुहवी नगर पालिका, बुढी गंगा गाउँपालीका, कटहरी गाउँपालीका ग्राम थान गाउँपालिका, बर्जु गाउँपालिका लगायत ले ५ लाख देखी १५ लाख सम्म सहयोग गरेको हुनु पर्ने दाबि के व्यापारीको रहेको छ।

मेलामा ५ लाख अवलोकन गरेको कुराल स्वयम संघका अध्यक्ष भिम घिमिरे ले बताईसक्नु भएको हुँदा मेलामा समय अनुसार टिकट शुल्क विद्यार्थीलाई ५०/- अन्यको हकमा १०० र २०० टिकट कायम गरिएको हुदा टिकट बाटै अन्दाजी ३ करोड आम्दानी हुनुपर्ने अनु‌मान गर्न थालिएको छ।

मेलामा ३७० वटा स्टल राखीएकोमा एक स्टलको २० हजार देखी ५० हजार सम्म तोकिएको हुदा स्टल बाट मात्रै ३ करोड भन्दा बढी रकम उठेको वा उठने अनुमान गरिएको छ। मैदान स्थल भित्र राखिएको चटपटे पानी पुरी जेरी लगायत सगँ ५ लाख भन्दा बढी ठेक्का लगाईएको कुरालाई आयोजकले अस्विकार गर्न सकेका छैन।

स्वदेशी उत्पादनलाई प्रोत्साहन दिने भनी स्टलमा समान राखै बापत रकम तिरेको हुदा स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन मेला गरिएको भनेको आधार देखीदैन कारोबार नभएको, बैकले ताकेता गरेको अवस्थामा रहेको दावी गरि रहेका उद्योगीहरूले लाखौ रूपैयाँ लगानी गर्नुलाई उद्योग धारा सही भएको मान्न सकीदैन।

मेलालाई प्रायोजन गर्नेहरू मध्ये रमपम, क्वालिटी, सिजी ग्रुप लगायतको नामै काफि रहेको र उनीहरूको टेड मार्कै आधारमा उनीहरूको उत्पादन बिक्री हुने हुदा उनीहरूले ठुलो लगानी गर्नुपर्ने अवस्था देखिँदैन।

प्रकाशित मिति: २०२३-०२-१६ , समय : २०:५५:२९ , १ वर्ष अगाडि

error: Content is protected !!