०६ जेठ २०८१, आइतबार
2024-05-19

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

Aarya News

विराटनगर। सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थितमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी-२ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका-१ का सौगात थापा रहेका छन । उनिहरुले गत माघ २५ गते इटहरी-२ का बिक्रम खडकाको प्रदेश १-०२-०४० प ३३१८ नम्वरको सुपर स्पेल्डर मोटरसाईकल पार्किङ गरी राखेको स्थानबाट चोरी गरेका थिए । खोज तलासमा खटिएको प्रहरी टोलीले दुबै जनालाई बिराटनगर-११ स्थितबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२३-०२-१९ , समय : १७:२२:०४ , १ वर्ष अगाडि

error: Content is protected !!