१३ बैशाख २०८१, बिहिबार
2024-04-25

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

Aarya News

विराटनगर। सुनसरी जिल्लाको छुट्टा छुट्टै दुई स्थानमा सवरी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शनिवार दिउसो सुनसरीको हरीनगरा गाँउपालिका-१ स्थित हुलाकी सडक खण्डमा को. २५ प ८८०९ नम्बरको मोटरसाईकलले बाटो काट्दै गरेकि भारत अररियाका सुबोध मुखीयाको ७ बर्षीया छोरी नैना कुमारी मुखियालाई ठक्कर दिदा घाईते भएकि मुखियाको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको हो । यसै गरी रामधुनी नगरपालिका-७ स्थित भित्री सडक खण्ड को. २ त ५५८१ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका रामधुनी-७ का १६ बर्षीय कृष्ण चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न रहेका मोटरसाईकल चालक हरीनगरा-२ का २१ बर्षीय सदाम अन्सारी र ट्याक्टर चालक रामधुनि-७ का ३५ बर्षीय लब चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिहेको छ ।

 

प्रकाशित मिति: २०२३-०२-१९ , समय : १७:३४:५४ , १ वर्ष अगाडि

error: Content is protected !!