१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

IGP कप फुटबल खेलका बिजयी खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रम

Aarya News

बिराटनगर। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका फुटबल टिमका बिजयी खेलाडीहरुलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले हार्दिक बधाई तथा सम्मान गर्नु भएको छ ।

आइतबार प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख ज्ञवालीले खेलमा सहभागी भई प्रथम स्थान हाँसिल गर्न सफल खेलाडीहरुको टोलीलाई खादा ओढाई सम्मान गर्नुका साथै बधाई तथा शुभकामना दिनु भएको हो । गत माघ २० गतेबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौँमा सन्चालित “४० औं IGP रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७९” मा प्रदेश प्रहरी कार्यालय बिराटनगरको फुटबल टोली खेलमा सहभागी भई २९ गते भएको फाईनल खेलमा प्रथम स्थान हाँसिल गर्न सफल भएको थियो । उक्त कार्यक्रममा समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला, प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

IGP रनिङ शिल्डको विजेता टिम १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रथम पुरस्कार नगद १ लाख १ हजार तथा सर्वाधिक गोल कर्ता नगद १० हजार सहितको ट्रफी जित्न सफल भएको छ ।

 

प्रकाशित मिति: २०२३-०२-१९ , समय : १७:४६:५० , १ वर्ष अगाडि

error: Content is protected !!